सताबाजको स्याउ बजारमा

बैतडी/बैतडीको सतबाँझमा उत्पादन भएका स्याउ बिक्रीको लागी बजारमा पुगेको छ । सुख्खा फलफूल विकास केन्द्रको हाताभित्र फलेको स्याउ बजारमा आएको हो।

लामो समयपछि सतबाँझमा स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए।बिगतका बर्षहरुमा उक्त क्षेत्रमा हिउ कम परेको कारणले स्याउ उत्पादन हुन छोडेको थियो। तर, पछिल्लो समयमा हावापानी सुहाउँदो जातको स्याउको बिरुवा रोपेपछि स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताए।

उहाका अनुसार सुख्खा फलफूल विकास केन्द्रको हाताभित्र रहेको नर्सरीमा फलेको रोयल डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा विक्रिको लागी पठाएको छ । जिल्ला दररेट अनुसार प्रतिकेजी ८० रुपैंयाका दरले अढाई क्विन्टल बजारमा विक्रि गरिएको भट्टले बताए।

health
Leave A Reply

Your email address will not be published.