सेनाले निर्माण गरिरहेको दार्चुला टिङ्कर सडक आयोजनाको स्थलगत अनुगमन

 दार्चुला – सामरिक महत्त्व बोकेको नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला  टिङ्कर सडक आयोजनाको अनुगमन गरिएको छ । बिहिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नेतृत्वको टोलीले सडक आयोजनाको अनुगमन, निरीक्षण गरेको हो ।
नेपाली सेनाले दार्चुलाको व्याँस गाउँपालिकाको तुसरपानी देखि टिङ्करसम्म ७९ किलोमिटर सडक निर्माण गरिरहेको छ । ७९ किलोमिटरमध्ये अहिलेसम्म १० किलोमिटर सडकको ट्याक खोलिएको छ ।
सेनाले निर्माण गरिरहेको जिरो पोइन्टको स्थलगत निरीक्षणका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले टिङ्कर सडकको काम चाँडो सक्न नेपाली सेनालाई निर्देशन दिदै यसका लागि आवश्यक बजेटको व्यवस्था मन्त्रालयबाट गरिने बताउनुभयो । ञअब टिङ्कर सडकमा बजेटको अभाव हुन दिइदैन्, सेनालाई हामीले छिटोभन्दा छिटो काम सक्न भनेका छौ । उहाँले भन्नुभयो । व्याँस गाउँपालिका(१ को छाङरु र टिङ्करको हवाइ निरीक्षण पनि गरिएको छ ।
यस्तै सेनाले यस वर्ष ३ किलोमिटर सडकको ट्याक खोल्ने र २ किलोमिटर स्तरोन्नति गर्ने जनाएको छ । चालू आर्थिक वर्षमा १४ करोड बजेट विनियोजन गरिएको छ ।
टिङ्कर सडक आयोजनाको अनुगमन टोलीमा यातायात मन्त्री प्रकाश ज्वाला, प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडू, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशब कुमार शर्मा, सहसचिव उमेश बिन्दु श्रेष्ठ, सडक बिभागका महानिर्देशक सुशील बाबू ढकाल, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका सु।ई श्याम बहादुर खड्का, नेपाली सेनाका विकास निर्माण निर्देशनालय प्रमुख विकास पोखरेलको सहभागिता रहेको थियो ।
नेपालतर्फ बाटो नहुदा दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ का छाङरु र टिङ्कर जान भारतीय अनुमति लिएर भारतकै भूमिबाट जानुपर्ने बाध्यता रहेको छ ।

Leave A Reply

Your email address will not be published.