दार्चुला– दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जीतबहादुर बमले विद्यार्थीका लागि पोशाक उपलब्ध गराउने घोषणा गरेका छन् ।
वडा नम्बर १ मा रहेको पिपलचाैरी माध्यमिक विद्यालय बिणका १ सय ७३ जना विद्यार्थीका लागि विद्यालय पोशाक उपलब्ध गराउने बमले घोषणा गरेका हुन् ।
वडाध्यक्ष बमले प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा १० सम्म अध्ययनरत १ सय ७३ जना विद्यार्थीहरुलाई शैक्षिकसत्र २०८१ का लागि विद्यालय पाेशाक आफ्नो व्यक्तिगततर्फबाट उपलब्ध गराउने घाेषणा गर्नुभएको दुहुँ गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।