दार्चुला– नेकपा एमाले डिलाशैनी गाउँपालिका वडा नम्बर १ को वडा कमिटी गठन गरिएको छ । रघुबिर बोहराको प्रमुख अतिथिमा वडा कमिटी गठन गरिएको हो। जिल्ला कमिटी सदस्य नवराज घरडी र दिपा राना विष्टि अतिथि रहेको गाउँ कमिटी अध्यक्ष गोकर्ण रानाले बताए ।
नेकपा एमाले डिलाशैनी वडा नम्बर १ को भेलाले सुदीप रानाको .अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको बताइएको छ । वडा कमिटी गठनमा गाउँ कमिटी अध्यक्ष गोकर्ण राना, बिसन राना लगायत नेता कार्यक्रताहरुको सहभागीता रहेको थियो ।