धादिङ्ग । धादिङ्गमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको निलकण्ठ नगरपालिका–३ इजरामा बा १८ च २८२० नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकमा पल्टिँदा निलकण्ठ नगरपालिका–२ का अन्दाजी ३०र३२ वर्षका प्रेम बहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यायलले जनाएको छ । प्रहरीका अनुसार अन्य दुई जना घाइते भएको छन् ।
प्रहरीले गाडी चालक र बोलेरो गाडीलाई नियन्त्रणमा लिएको छ । धादिङ्ग बेसीबाट निलकण्ठ–२ तर्फ जाँदै गरेको बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
