अछाममा एक पुरुष मृत फेला

काठमाडौं– अछाममा एक जना मृत फेला परेका छन । जिल्लाको ढकारी गाउँपालिकामा दैलेखका पुरा शाही मृत अवस्थामा फेला परेका हुन ।

ढकारी गाउँपालिका – ७ ढुङ्गाचाल्ना देखि तल्थारा जाने कच्ची सडक खण्डको कुच्चिकोट भिरबाट अन्दाजी तीन सय मिटर तल लडेको अवस्थामा शाहीको शव फेला परेको बताइएको छ ।

दैलेखको ठाटिखाँद गाउँपालिका– २ हुईता बस्ने शाही मृत फेला परेको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.