हाम्रो बारेमा

हामी को हौ र कहाँ छौ ?
मालिकार्जुन खबर डटकम “समृद्ध नेपाल निर्माणका लागी सञ्चारमा हाम्रो आवाज,भ्रष्टाचार रहित सभ्य समाज निर्माण गर्ने हाम्रो अभ्यास” भन्ने नारा सहित धार्मीक तथा पर्यटकिय स्थल मालिकार्जुनको पुन्य भुमी , दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाँजबाट प्रसारणमा आएको रेडियो लिपुलेक ९९.६ मेगाहर्जको अन्लाइन सस्करण हो । रेडियो लिपुलेक ९९.६ मेगाहर्जले मिती २०७८ भाद्र १ गते बाट १०० वाट क्षमता सहित आफ्नो प्रसारण सुरु गरेको छ ।

हामी काे हौ ?
शिक्षा, सुचना, मनोरञ्जन तथा समाचारको निरन्तर प्रवाहबाट आम समुदायको सेवा गर्ने समाज परिवर्तन र विकासमा टेवा पु¥याउने उद्धेश्य सहित रेडियोले आफ्नो प्रसारण सुरु गरेको हो । । राज्य पुर्नसंरचना संग संगै देशको सामाजिक, आर्थिक, शैक्षिक, भौतिक विकास सहित अन्य विकासका पुर्वाधारहरुले गति लिदै गर्दा विकास संगसंगै सुशासन, पारदर्शिता, जवाफदेहिता, उत्तरदाईत्व र सरोकारवाला सबैको अर्थपूर्ण सहभागिताका लागि सञ्चार माध्यमले अहम भूमिका खेल्नुपर्ने देखिन्छ ।

नेपालको इतिहास हेर्दा अहिले सम्मका आर्थिक भौतिक, राजनितिक तथा सामाजिक विकास र परिवर्तनका लागी सञ्चार माध्यमहरुले अथक भुमिका खेलेको पाइन्छ । सञ्चार माध्यमलाई अवाज विहिनहरुको अवाज मात्र नभनी विकासका लागि सञ्चार समेत भन्ने गरिन्छ ।

नेपाली जनताको दशकौंदेखिको संघर्ष र त्याग तथा नेपाल आमाका हजारौं सर्वोत्तम छोराछोरीको बलिदानको बदलामा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौँ । यो युगीन परिवर्तनको रक्षा र नेपाली नागरिकको भलोका पक्षमा अहोरात्र पहरेदारी गर्न हामी प्रतिबध्द छौं ।

राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित रहने छौँ । राष्ट्रिय अखण्डताको रक्षा , सिमा समस्या, क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्ध्दनप्रति हामी समर्पित हुने छौं ।

राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुमा विशेष केन्द्रित मालिकार्जुन खबर डटकममा छिनछिनका ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि,स्थानीय साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोष्ट हुनेछन् । त्यसैगरी, विश्वभर छरिएर रहेको नेपाली ‘डायोस्परा’का हालखबर र अन्तर्राष्ट्रिय समाचार पनि मालिकार्जुन खबर डटकममा पढ्न सकिने छ ।

हामी के गर्छौं ?
हामी भष्ट्राचार र सुसासन रहित सभ्य समाज बनाउन र हरेक नेपालीको जीवनमा खुशीयाली थप्न चाहन्छौ । जनमानसमा सामान्यतया के छाप छ भने पत्रकारहरु नराम्रा विषयका, बेथितिका, भ्रष्टाचारका, बिग्रेका, भत्केका, मरेका, लथालिंग र भताभुंग भएका मात्र समाचार लेख्छन्, राम्रो कामको समाचार नै लेख्दैनन् । तर मालिकार्जुन खबर डटकम त्यसमा मात्रै सिमीत रहदैन । हामी राम्रो काम गर्न खोज्नेलाई शुभ साइतको रातो टीका लगाइदिन्छौं । राम्रो काम सफलतापूर्वक सम्पन्न गर्नेलाई विजयको रातो अविर लगाइदिन्छौं ।

प्रलोभनमा परेर नराम्रोलाई राम्रो र पूर्वाग्रह राखेर राम्रोलाई नराम्रो भन्दैनौं । जो कसैले गरेको भएपनि राम्रो कामलाई राम्रो भन्छौं अनि जो कसैले गरेको किन नहोस्, नराम्रो काम छ भने नराम्रो नै भन्छौं । पेशाप्रतिको निष्ठाका कारण जे, जे हो त्यो भन्ने नैतिक बल हामीसँग छ ।

हाम्रो मुख्य दायित्व भने आवाजहीन आमनागरिकको हक–अधिकारको रक्षा गर्नु र सार्वजनिक ओहोदाधारी लाई आआफ्नो कर्तव्यप्रति सजग, सक्रिय र जिम्मेवार तुल्याउने छौ । नागरिकले तिरेको करबाट पालिएका जङ्गी हुन् कि निजामती कर्मचारी, आआफ्नो कर्तव्य र जिम्मेवारीमा– मुलुकको सुरक्षा गर्न, समाजमा अमनचयन राख्न, नागरिकलाई सेवा प्रदान गर्न, विकास निर्माण तीब्र पार्न– इमान र लगनका साथ क्रियाशील हुन नचुकुन् भन्ने हाम्रो अभिप्राय हुनेछ ।

निजी क्षेत्रका गतिविधिमाथि पनि हामी निरन्तर निगरानी गर्छौं । भुइंफुट्टा वर्गको ज्यादतीबाट भुइँमान्छेलाई जोगाउनु हाम्रो अहिलेको चुनौतीपूर्ण जिम्मेवारी हो । पत्रकारिताको प्रमुख हतियार हो प्रश्न । हामी पनि प्रश्न गरेरै जुनसुकै घटना र विषयमा के, कहाँ, कहिले, किन, कसरी र कस्तोको सांगोपांगो जवाफ खोज्छौं । के भयो मात्र हैन, तिनको पृष्ठभूमि र तिनबारे विश्लेषण प्रस्तुत गरी अब के हुँदैछ भन्ने आँकलन पनि गर्छौं हामी । त्यसैले पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण, सन्तुलित र विश्वसनीयताको कसीमा हामी उम्दा ठहरिन सक्ने छौं ।

हामी के चाहन्छौं ?
तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै www.malikarjunkhabar.com लगअन गरेर सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ । राष्ट्रिय एकतामा खलल पुग्ने, साम्प्रदायिक, जातीय र धार्मिक सद्भावना बिथोलिने, गैह्रकानुनी, मिथ्या आरोप र गालीगलौजपूर्ण, अश्लील, कसैको बेइज्जती वा मानहानी हुने खालका र दुष्प्रचार गर्ने नियतले कुनै पनि सामग्री मालिकार्जुन खबर डटकममा हुने छैन्न ।

हाम्रो विश्वास के छ भने तपाईं एक अनुशासित नागरिकका रुपमा हामीसँग सदा जोडिइरहनु हुनेछ । सबै नेपालीको साझा नेपाली समाचार पोर्टल मालिकार्जुन खबर डटकममा तपाईंलाई हार्दिक स्वागत छ ।

मालिकार्जुनखबर परिवार