बझाङ पहिरो अपडेट : बेपत्ता भएका चारै जनाको शव फेला

काठमाडौं– बझाङको बुङ्‍गल नगरपालिका–१० स्थित टुमेडामा पहिरो जाँदा बेपत्ता भएका चारै जनाको शव फेला परेको छ । गए राति १ बजेतिर घरमाथिबाट गएको पहिरोमा परि बेपत्ता भएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

स्थानीय बासिन्दा र प्रहरीले बिहान चारै जनाको शव पहिरोले पुरेको घरभित्रबाट निकालिएको हो ।

पहिरो जाने बित्तिकै गाउँलेले बिरा धामी, उज्जवल धामी, रोशन धामी, कमला धामी र शान्ति धामीको उद्धार गरेका थिए । पहिरोले घर पूर्ण रुपमा भत्काएको छ ।

Leave A Reply

Your email address will not be published.