दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ बर्षीय कर्णबहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । गएको शनिबार गाउँकै भाइ नाता पर्ने २४ बर्षीय सुरेन्द्र बिष्टको गोली हानेर हत्या गरी फरार भएका बिष्टलाई दार्चुलाको नेपाल भारत जोड्ने महाकाली नगरपालिका वडा —९ दत्तु नाकाबाट प्रहरीले पक्राउ गरेको हो ।सुरेन्द्रको हत्या गरेर फरार भएका कर्णबहादुरलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालको नेतृत्वमा गएको टोलीले दत्तु नाकाबाट पक्राउ गरेको जनाएको छ ।
बैतडीबाट आएका सादा पोशाकका प्रहरी र दार्चुलाबाट डिएसपी दाहालको नेतृत्वमा गएको टोलीले फरार भएका बिष्टलाई दत्तु नाका बाट पक्राउ गर्न सफल भएको दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहाले जानकारी दिनभयो । नेपाल भारत सिमा क्षेत्रमा लुकेर बसेका विष्टलाई पक्राउ गरिएको बताइएको छ ।
फरार कर्णबहादुरलाई मोबाइलको लोकेशनको आधारमा पक्राउ गर्न सफल भएको डिएसपी दाहालले बताउनु भयो । उनी गाउँमा लुकेको अवस्थामा फेला परेका हुन् । उनलाई पक्राउ गर्न बैतडीबाट समेत सिभिलमा प्रहरी पुगेका थिए ।अभियुक्त पक्राउ परेपछि अब अनुसन्धानको काम अघि बढ्ने प्रहरीले जनाएको छ ।
लेनदेनका बिषयमा विवाद हुँदा कर्णले भरुवा बन्दुकबाट गोली हानेर सुरेन्द्रको हत्या गरेका थिए । हत्यापछि बन्दुकसहित फरार रहेका बिष्टको खोजीका लागि प्रहरी टोली खटिएको थियो । कर्णबहादुर बिष्टले सुरेन्द्रलाई ४० हजार रुपैयाँ तिर्नुपर्ने थियो । सोही बिषयमा विवाद हुँदा उनले गोली चलाएर सुरेन्द्रको हत्या गरेका थिए ।
Comments are closed.