मेरो सपना
छ मेरो,
एक सानो सपना, एक सानो लक्ष्य;
देख्न पाउँ,
सबैलाई खुशी, सबैलाई दक्ष!
मैले ईश्वरसँग हरेक पूजा-अर्चनामा यही मागेको छुँ,
किनभने, सबै खुशी र सबै दक्ष हुँदा,
खुशी र दक्ष हुने सबै भित्र ‘म’ पनि पर्दछु भन्ने जानेको छुँ!
विश्वास लिनुहोस, विश्वास दिनुहोस!
हुन सम्भव छ;
सबै खुशी, सबै दक्ष,
भए सबैको,
यस्तै पूजा-अर्चना, यस्तै सपना, यस्तै लक्ष्य!
✍️ लक्ष्मण दियाल
बेलौरी, कञ्चनपुर