आमाबुवाको नाममा अनाथालयमा अक्षयकोष स्थापना

दार्चुला । दार्चुलाको  दुहुँ गाउँपालिका वडा – ३ सिमलीका पूर्व शिक्षक गणेश बहादुर बमले आफ्ना आमा बुवाको नाममा अनाथालयमा अक्षयकोष स्थापना गरेका छन ।

दुहुँ गाउँपालिकाद्वारा वडा – ४ धारीमा संचालित अनाथालयमा उनले आमा पार्वती देवी बम र बुवा भिम बहादुर बमको नाममा अनाथालयलाई ५५,हजार ५५५रुपैयाँको अक्षयकोष’ स्थापना गरेका हुन् ।

उनले सो रकम बराबरको चेक गाउँपालिकाका अध्यक्ष नरेन्द्र बहादुर सिह बडाललाई हस्तान्तरण गरेका छन ।  अनाथालयको अक्षयकोषमा स्थापना भएको सो रकम अनाथ विद्यार्थीलाई प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

आफूले जीवनमा कमाई गरेको केही रकमले शैक्षिक क्षेत्रमा लगानी गर्ने मनसायले आफ्नै पालिकाको अनाथालयमा अक्षयकोष स्थापना गरेको हुँ, अहिले स्थापना गरेको कोषमा रकम थप गर्दै जानेछु, शैक्षिक क्षेत्रमा लगानी गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ,’ बमले भने ।

अनाथालयमा अक्षयकोष स्थापना गरेका गणेश बहादुर बमलाई गाउँपालिकाको तर्फबाट धन्यवाद व्यक्त गरिएको छ । स्वेच्छिकरुपमा प्रेरणादायी कार्यको थालनी गरि अनाथ बालबालिकाको सदासर्वदा अभिभावक बन्नुभएकोमा उनलाई पालिकाले धन्यबाद समेत दिएको हो । ‘टुहुँरा बालबालिकाको सहारा, दुहुँ गाउँपालिका’ भन्ने उद्देश्यका साथ पालिकाभित्रका टुहुरा बालबालिकाका लागि अहिले आवासीय अनाथालय स्थापना गरिएको छ ।

Leave A Reply

Your email address will not be published.