दार्चुलाका किसानलाई दशैं पर्वसंगै अन्न भित्र्याउने चटारो

दार्चुला । हिमाली जिल्ला दार्चुलाका किसानलाई दशैंको चहल पहल बढिरहेको बेला अन्न भित्र्याउने चटारो चलेको छ । जिल्लाका किसानलाई अहिले दसैँको रमाइलोभन्दा पनि खेतीपाती भित्र्याउने चटारो चलेको हो ।

दसैँका बेला पानी परेपछि बाली उठाउन थप समस्या हुने तथा कुहिने त्रासले किसानहरू खेतीपाती उठाउनमा व्यस्त रहेका छन । किसानहरु हिजोआज एकाबिहानै खेतमा पुग्छन्, कोही मकै भाच्छन्,कोही धान काट्छन,उनीहरु खेतबारीबाट साझमात्रै घरमा आउने गरेका छन ।

दशैँ एकाआपसमा परिवारका सदस्य आफन्तजन जमघट भएर खुसीयाली मनाउने पर्व हो, तर यो दशैँमा अधिकांश किसानलाई मकै धान भित्र्याउन चटारो चलेको छ । यो दशैमा बाली थन्काउने बेला भएकाले गाउँमा खासैँ दशैँको रौनक नदेखिएको शैल्यशिखर नगरपालिकाका ६का स्थानीय गोविन्द सिह धामीले जानकारी दिए ।

जिल्लाका खेतबारीमा मकै, कोदो, भटमास धान पाक्ने समय हो, समयमा बाली भित्र्याउन नसके जंगली जनावरले खाने भएकाले पनि किसानलाई बाली भित्र्याउन सकस भएको उहाँले बताए ।

‘दशैँको रमाइलो चारपाँच दिनमात्रै हो, यही चारपाँच दिनको रमाइलोले खेतीपाती भित्र्याउन छुट्यो भने वर्षभरि किनेरै खानुपर्ने अवस्था आउन सक्छ,’ मालिकार्जुन गाउँपालिका २ का अर्का किसान रमेश रावतले बताए ।

‘मकैका कोसा भाँचेर थन्क्याइसक्यौं,संगै धान काट्ने र धान चुट्ने काम भइरहेको उनले बताए । जिल्लाका किसानहरु दशैंको टीकाको दिनमा पनि टीका थापेर हतार हतारमा खेततिरै जाने गरेका छन ।

अबको केही दिनपछि पानि पर्न रोकिए हिमाली जिल्ला दार्चुलाका किसानहरु खरकाट्ने तयारीमा समेत रहेका छन । यस्तै जिल्लाका किसाहरु खेत जोत्ने तयारीमा समेत रहेका छन । दशैं पनि संगै मनाउने पानी लाग्ने खेतमा गहुँको लागि जोत्न सुरु गरिने बताएका छन । बालकदेखि बृद्धसम्म सबैको ध्यान अन्नबाली भित्र्याउनमा ठिक्क छ।

कामको सिजन र दसैँ सँगसँगै परेपछि किसानलाई काममा ध्यान दिनु बाध्याता हो । यो कामको सिजन भएकाले प्रदेश गएकाहरु पनि गाउँघर फर्किएका छन । उनीहरु दशैँ मान्न तथा गाउँघरमा कामको चटारो बढेपछि गाउँघर फर्किएका हुन । अहिले दार्चुलाबासीमा दसैं प्रतिको खासै रुची देखिदैन् । सडक सञ्जाल जोडिएसँगै यहाँको दसैं सहज बन्दै त गएको छ, तर कामको सिजनमा पर्ने भएकोले दसैं तिहारको अनुभुति कसैलाई हुने गरेको छैन ।

Leave A Reply

Your email address will not be published.