दार्चुलामा एक महिला मृत अवस्थामा फेला

दार्चुला । दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकी छन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको महाकाली नगरपालिका वडा-७ धापस्थित महाकाली नदीकिनारमा महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बुधबार आज दिउसोतिर नाम थर वतन नखुलेकी ३६ वर्षिया महिला महाकाली नदीकिनारमा मृत फेला परेको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सुचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए । त्यहाँका स्थानीयहरुले नदीकिनारमा महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।त्यसपछि जिल्लाबाट गएको प्रहरी टोलीले मृत महिलाको उद्धार गरेको थियो । अहिले उनको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.