दार्चुला तस्बिरमा हेर्नुहोस् ७० औँ प्रहरी दिवस समारोह

दार्चुला । ७० औं प्रहरी दिवस–२०८२ विविध कार्यक्रम गरी मनाइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक गौरव महतको प्रमुख आतिथ्यतामा दिवस समारोह मनाइएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्राङ्गणमा रहेको अमर प्रहरी स्मारकमा पुष्प गुच्छाद्वारा श्रद्धाञ्जली अर्पण गरेर दिवस मनाइएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी दिवसको अवसरका उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारी, अमर प्रहरीका परिवारलाई सम्मान गरिएको छ ।

 प्रहरी दिवस समारोहमा सुरक्षा निकाय प्रमुखका प्रमुख, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, भूतपूर्व प्रहरी कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

तस्बिरमा हेरौँ प्रहरी दिवस समारोह :

फोटो जिल्ला प्रहरी कार्यालय दार्चुलाको फेसबुक पेजबाट 
Leave A Reply

Your email address will not be published.