दार्चुला । दार्चुलामा साइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । शुक्रबार दिउसोतिर जिल्ला सदरमुकाम खलंगाको रिङ्नताल नजिक साइकल दुर्घटनामा परी एक जना पुरुषको उपचारको क्रममा ज्यान गएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार महाकाली नगरपालिका वडा ५ बस्ने वर्ष २८का अमृत डोबालको उपचारको क्रममा ज्यान गएको बताएका छन । साइकल दुर्घटनामा परी गम्भीर घाइते भएका डोबालको टाउकोमा चोट लागेको थियो । साइकल तिब्रगतिका कारण भित्तामा ठोक्किएको थियो । अहिले शवलाई अस्पतालको शवगृहमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।
