महत्वपूर्ण सडक आयोजना र विद्युतीकरण गरिदिन पालिका अध्यक्ष ठेकरे बोहराको मन्त्री घिसिङ संग आग्रह

दार्चुला । दार्चुलाको अपीहिमाल गाउँपालिका अध्ययक्ष भगत सिह ठेकरे बोहराले जिल्लाका महत्पूर्ण सडक र विद्युतीकरण गरिदिन भौतिक पूवाधार तथा यातायात एवं सिचाइमन्त्री कुलमान घिसिङसंग आग्रह गरेको छन ।शुक्रबार पालिका अध्यक्ष ठेकरे बोहरा नेतृत्वको टोलीले सडक र विद्युतीकरण गरिदिन मन्त्री घिसिङलाई ज्ञापनपत्र समेत बुझाएका छन ।

ज्ञापनपत्र बुझाउदै पालिका अध्यक्ष बोहराले अपीहिमाल गाउँपालिकाको केन्दसम्मको सडक आयोजना, दार्चुला तिंकर सडक आयोजना,बिटुली पारिबगर मकरीगाड सडक खण्ड , महाकाली करिडोर लगायत जिल्लाभरी विद्युतीकरण गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको पालिका अध्यक्ष भगत सिह ठेकरे बोहराले जानकारी दिए।

ज्ञापनपत्र मार्फत आर्थिक वर्ष २०७५÷०७६ देखिको नीति तथा कार्यक्रममा सरकारले प्रत्येक स्थानीय तहको केन्द्रसम्म सडक विस्तार गर्ने घोषणा गरेपनि दार्चुला जिल्लाका ९ वटा स्थानीय तहमध्ये अपीहिमाल गाउँपालिकाको सदरमुकाम सम्म पुग्ने सडकको ट्याक समेत खोल्न नसकिएको भन्दै उच्च प्राथमिकताका साथ बजेट विनीयोजन संगै सडक निर्माणकार्य अगाडी बढाइदिन मन्त्रीघिसिङ संग माग गरेका छन ।

यस्तै विःस २०६५/६६ सालतिरबाट निर्माणकार्य सुरु भएकोे दार्चुला तिंकर सडक अहिलेसम्म पूरा नभएको भन्दै प्रर्याप्त बजेट वीनीयोजनगरी दुत्रगतिमा निर्माण कार्य अघिबढाउन आग्रह गरेका छन । दार्चुला तिंकर सडक अन्तरर्गत अहिले व्यासँ गाउँपालिकाको सुन्सेरासम्मको ४२किलोमिटर ट्याक२०६७÷६८सालमै निर्माण भएको थियो । २०७७सालदेखि अहिलेसम्म दार्चुला तिंकरसडकमा नेपाली सेनाले कामगरिरहेको भएपनि हालसम्म प्रर्याप्त बजेट बिनीयोजन नहुदाँ निर्माणकार्य अघिबढाउन समस्या भएको पनि मन्त्री घिसिङलाई अबगत गराएका छन ।
उक्त सडक निर्माणकार्य समयमै सम्पन्न नहुदाँ त्यहा बसोबास गर्ने शौका समुदायहरु जिल्ला सदरमुकाम खलंगा आवत जावत गर्नपनि छिमेकी मुलक भएर गर्नेगरेको बताएका छन । तिंकर सडकमा प्रर्याप्त बजेट विनीयोजन गरे अबको एकदुई वर्षभित्रै नेपाली सेनाले सडकको ट्याक तिंकर सम्म पुर्याउन सक्ने पनि बताइएको छ । पालिका अध्यक्ष बोहराले मार्मा गाउँपालिका र अपीहिमाल गाउँपालिकालाई जोड्ने महत्वपूर्ण सकडको रुपमा रहेको बिटुले पारिबगर सडकखण्डलाई पनि ट्याक खुलेको २० वर्ष सम्मपनि कालोपत्रे गर्न नसकिएको भन्दै बजेट विनीयोजन गरिदिन आग्रह गरेका छन । महाकाली करिडोर अन्तरर्गत लेकम गाउँपालिका स्थित चमेलीया नदीमाथि धन्थला मोटरेबल पूलनिर्माण कार्य नहुदाँ करिडोर निर्माण भएको वर्षौबितिसक्दा समेत यातायात संञ्चालनमा कठिनाई भएको मन्त्री घिसिङलाई जानकारी गराएका छन, । उक्त क्षेत्रमा पुल निर्माणकार्य अगाडी बढाउन र आवश्यक बजेट बिनीयोजन गरिदिन ज्ञापन पत्र बुझाएका छन ।
विद्युतीकरणको क्षेत्रमा जिल्लाका सबैघरधुरीमा राष्ट्रिय प्रसारणलाइन विस्तार गर्न तथा डोल्पा दार्चुला विद्युतीकरणमा ढिलाई हुदाँ जिल्लाबासी मर्कामा परेको भन्दै यससम्बन्धमा समेत पहल गरिदिन आग्रह गरेको पालिका अध्यक्ष भगत सिह ठेकरे बोहराले जानकारी दिए ।

ज्ञापन पत्र बुझदै मन्त्री घिसिङले विनियोजन भएको ६ करोड वजेट हाललाई अर्थ मन्त्रालयको परिपत्र अनुसार रोक्का भएपनि अर्थ मन्त्रीज्युसंग छलफल गरि छिटै थप ठेक्का लगाउने बताएका छन । यस्तै समग्र पूर्वाधार बिकास तथा जिल्लाको विद्युतिकरणमा छिटो सम्पन्न गर्न सम्बन्धिपक्षलाई निर्देशन दिने बताएका छन ।

Leave A Reply

Your email address will not be published.