जिल्ला अस्पताल दार्चुलामा डाक्टरको स्वागत र विदाई कार्यक्रम

 दार्चुला । जिल्ला अस्पताल दार्चुलाले दुई जना डाक्टरहरुको स्वागत र विदाई गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गदैँ अस्पतालले डाक्टरहरुको स्वागत र विदाई गरेको हो ।

अस्पतालका सूचना अधिकारी डाक्टर डम्मरदत्त भट्टका अनुसार स्कुलरसीप बण्डिङमा जिल्ला अस्पताल दार्चुला आएकी डाक्टर कविता न्यौपानेको ११ महिनापछि शुक्रबार हिजो विदाई गरिएको अस्पताले जनाएको छ ।

दार्चुलाबाट सुदुरपश्चिम प्रदेशको टिकापूर अस्पताल कैलाली सरुवा भएपछि उनको शुक्रबार विदाई गरिएको सूचना अधिकारी भट्टले जानकारी दिए ।  यस्तै शुक्रबार नै अस्पतालले निक साइमन्स इन्स्टिच्यूटबाट आएका नयाँ डाक्टर छक्क थापालाई अस्पताले स्वागत गरेको छ । कर्णाली प्रदेश अस्पतालमा एक वर्ष जुम्ला अस्पतालमा डेढवर्ष काम गरेका थापालाई जिल्ला अस्पताल दार्चुलाले शुक्रबार औपचारीक कार्यक्रम मार्फत स्वागत गरेको अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए । पछिल्लो कहीदिन देखि अस्पतालमा भाइरल ज्वरो र निमोनियाका विरामीहरु घट्नेक्रम सुरू भएको अस्पतालस्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.