जेन–जी आन्दोलनमा प्रहरीको बर्दी खोल्न लगाएर लखेट्ने व्यक्ति पक्राउ

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्ति पक्राउ परेका छन् ।

आन्दोलनकारीले चौकी आक्रमण गरेर हतियार लुट्नुका साथै प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्न थालेपछि कतिपय प्रहरीले बागमती नदीमा हामफालेका थिए ।

जेनजी आन्दोलनका बेला भएका घटनाको अध्ययन गरिरहेको टोलीले आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरेको भिडियो फूटेज र फोटोहरुका आधारमा घिसिङलाई पक्राउ गरेको हो ।

घिसिङमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । सो दिन हतियार लुट्नेमध्येका केही व्यक्ति पक्राउ परिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.