मार्माको दुर्गम भुरभुरेमा नेपाल टेलिकमको टावर सञ्चालन

दार्चुला । दार्चुलाको दुर्गम मार्मा गाउँपालिकामा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । मार्मा गाउँपालिकामा सञ्चार सेवा नपुगेका कारण सञ्चारको सेवा पु¥याउनका लागि नेपाल टेलिकम दार्चुलाले टावर स्थापना गरेको जनाएको छ ।
मार्मा गाउँपालिका वडा–५ को भुरभुरे डाडाँमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।

टावर जडान भएपछि मार्मा गाउँपालिकाका तीन वडाका नागरीकहरु संञ्चारको पहचुमा पुगेका छन ।

दुरसंञ्चार कार्यालय दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङका अनुसार भुरभुरे डाडाँमा टुजी फोरजी सेवाको टावर सञ्चालनमा आएसंगै वडा –३,५ र ६का नागरीकहरुलाई संञ्चार सेवामा पहुच पुगेको बताएका छन ।

भुरभुरे डाडाँमा जडान गरिएको टावर आइतबार देखि संञ्चालनमा आएको छ । दुर्गम क्षेत्रमा सञ्चारको सेवा पु¥याउने लक्ष्य अनुसार टावरको स्थापना भएर सञ्चालनमा आएको टेलिकम प्रमुख गुरुङले बताए ।

त्यहाँका स्थानीयहरुले डाणामा चडेर फोन सम्पर्क गर्नुपर्ने बाध्यता हिजो आइतबार देखि अन्त्य भएको दुरसंञ्चार कार्यालय दार्चुलाले जनाएको छ ।

लामो समय पछि टेलिकमको टावरमा फोरजी र टुजी सेवा संञ्चालनमा आएपछि त्यहाँका स्थानीयहरु खुशी भएका छन ।

यहाँ सञ्चार सेवा तथा इन्टरनेट सेवा नहुँदा नागरिकलाई निकै सास्ती भएको र सूचना प्रवाहबाट नागरिक वञ्चित हुनुपरेको टेलिकम टावर स्थापनाले सहज हुने अपेक्षा गरिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.