दार्चुला प्रशासनको सक्रियता, लेकम क्षेत्रमा लाग्ने रात्रीकालीन जात्रालाई व्यवस्थापन गर्न सुझाव संकलन
दार्चुला । सुदूरपश्चिमको पहाडी हिमाली जिल्ला दार्चुलामा जात्राको रौनक शुरु भएको छ । कात्तिक शुक्ल पक्षबाट जिल्लाको लेकम क्षेत्रका विभिन्न शक्तिपीठहरुमा जात्रा लाग्ने गर्दछ ।
जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा झण्डै एक महिनासम्म रात्रीकालीन जात्रा लाग्ने गर्दछ । यसैविच जिल्ला प्रशासन कार्यालय दार्चुलाले यो वर्षको रात्रीकालीन जात्रालाई शान्तीपुर्ण रुपमा सम्पन्न गर्न सुझाव संकलन गरेको छ ।
भाइटिकाको दिनदेखि सुरु हुने रात्रीकालीन जात्रालाई पुर्णरुपमा व्यवस्थित मर्यादित र सुरक्षित रुपमा सम्पन्न गर्न सुझाव संकलन गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार जिल्लाको शान्ती सुरक्षा कार्यालयको सेवाप्रवाह,लगायत जात्रीकालीन जात्राको सुरक्षा व्यवस्थापनका सम्बन्धमा जिल्ला स्थित पत्रकारहरुबाट सुझाव संकलन गरिएको बताएका छन । सोमबार जिल्लास्थित संञ्चारकर्मीहरुले दिएका सुझावलाई ग्रहणगदैै सुरक्षा योजना अन्तरर्गत कार्यान्वयन गर्ने उनले बताए ।
यस्तै रात्रीकालीन जात्रालाई शान्तीपुर्ण रुपमा सम्पन्न गर्न सम्बन्धीत पालिकाका जनप्रतिनिधि, सम्बन्धित मन्दिरका मन्दिर व्यवस्थापन समितिका व्यक्तिहरु संग दोस्रो चरणमा छलफल संगै सुझाव संकलन गर्नेतयारी भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लास्थित सरोकारवाला निकायहरुले दिएका सुझावहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयार गरी सुरक्षा समितिमा पेश गर्ने र सोही अनुसार सुरक्षा योजना लागु हुने प्रजिअ पौडेलले जानकारीदिए ।
सोमबार जिल्लास्थित पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुनेसेवाहरु लगायत अगामी दिनमा गरिने कामको बारेमा जानकारी समेत गराइएको छ ।
यो वर्षको रात्रीकालीन जात्रा कार्तिक ६ गते द्धितिया तिथिबाट जिल्लाको शैल्यशिखर नगरपालिका अन्तरर्गत पर्ने लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर चौडमा रात्रीकालीन जात्रा लाग्दैछ ।
द्धितिया तिथीबाट शुरु भएको लेकम क्षेत्रकाजात्रा पूर्णिमाको दिन सकिने छ । जिल्लाको सबै भन्दा ठूलो शैल्यशिखर पुजन जात्रा त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चर्तुदशी तिथिको दिन सकिन्छ ।
यस्तै लेकम गाउँपालीकाको पाती, कुणि लगायत स्थानमा पुर्णिमाको दिन अन्तीम जात्रा लाग्ने गर्दछ । यो वर्ष जात्रालाइ ब्यवस्थीत बनाउँन जात्रा हुने स्थानमा मदिरा र जुवातास लगायत अन्यपक्षलाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
छलफलका तस्बिरहरु