जिल्लाकै सर्वाधिक धनराशि भएको दोस्रो वडास्तरीय भलिबल प्रतियोगिताको उपाधी रत्यौडा शैल्यशिखरले उचाल्यो

२० तस्बिरमा हेर्नुस जय गोरखनाथ सचेतना समाजले आयोजना गरेको महिला पुरुष भलिबल प्रतियोगिताका तस्बिरहरु

दार्चुला । दार्चुलाको व्यासँ गाउँपालिकामा संञ्चालन भएको जिल्लाकै सर्वाधिक धनराशीको दोस्रो वडास्तरीय पुरुष महिला भलिबल प्रतियोगिता समापन गरिएको छ । जय गोरखनाथ सचेतना समाज व्याँस ४ सुन्सेराले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधी पुरुष तर्फ रौतेउडा शैल्यशिखर ए,ले उपाधी उचालेको छ ।

यस्तै एक्सन स्टार युवा क्लब पासु उपविजेतामै चित्त बुझाएको छ । गत असोज २६ गतेदेखि सुरू भएको प्रतियोगिता सोमबार हिजो सम्पन्न भएको आयोजकले जनाएको छ । यस्तै दोस्रो वडास्तरीय महिला भलिभल प्रतियोगिताको उपाधी मार्माको टिम र उप विजेतामा सिनाको टिमले उपाधि जितेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिम पुरुषतर्फ रौतेउडा शैल्यशिखर ए,ले १लाख ३१हजार ,१११सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै उप विजेता भएको एक्सन स्टार युवा क्लबले ६५हजार ५५५ रुपैँया पिहत सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

महिला भलिबलतर्फ मार्माले १५ हजार ५५५ रुपैयाँ सिल्ड मेडल र प्रमाणपत्र र उपविजेता सिनाले ७हजार७७७ रुपैँया प्रदान गरिएको छ । समापन कार्यक्रमलाई आयोजकले सब्य भव्यताका साथ स्थानीय सँस्कृति पहिरनमा छलिया नाच सहित विदाई कार्यक्रम सम्पन्न भएको गरेको छ ।

उक्त समारोहमा सहभागीसम्पुर्णपक्षलाई आयोजकले धन्यबाद ज्ञापन गरेको छ । यस्तै आयोजकले जिल्लाको मार्मा गाउँपालिका, नौगाड गाउँबपालिका, मालिकार्जुन गाउँपालिका, शैल्यशिखर नगरपालिका र दुहूँ गाउँपालिकाबाट सहभागी सबैटिमलाई धन्यबाद दिएकोछ ।

Leave A Reply

Your email address will not be published.