काठमाडौँ । भारत सरकारले दार्चुला सहित ४८ जिल्लाका विभिन्न शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ ।
काठमाडौँस्थित भारतीय दुताबासका अनुसार लामो समयदेखिको विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै सातै प्रदेशका हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी र अछाम जस्ता दूरदराजका जिल्लाहरू सहित ४८ जिल्लाहरूमा अवस्थित विभिन्न शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बसहरू उपहार स्वरूप प्रदान गरेको हो ।
यस्तै कोशी प्रदेशका बाढी प्रभावित इलाम, झापा र उदयपुर जिल्लाहरूमा पनि उपहार स्वरूप बस प्रदान गरेको जनाएको छ । विगत तीन दशकमा भारतले नेपालका संस्थाहरूलाई ३८१ वटा स्कुल बसहरू प्रदान गरेको जनाएको छ ।