जात्रा मनाउन लेकम गाउँपालिकाले दियो एक दिन सार्वजनिक बिदा

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले जात्राका लागि एक दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बुधबार एक सार्वजनिक सूचना जारी गदै विहिबार भोली एक दिन पालिकाभरी सार्वजनिक विदा दिएको जनाएको छ ।

कात्तिक १३ गते नवमी तिथिको राती प्रसिद्ध जयपुर मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । लेकम गाउँपालिका र यस मातहतका कार्यालयहरु, सामुदायिक शौक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरु स्वास्थ्य संस्थाका आमस्मिक सेवा बाहेक पालिकाभरी विहिबार सार्वजनिक विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक राज जोशीले जानकारी दिए ।

जयपुर जात्रामा दार्चुलाका मात्रै नभएर विभिन्न जिल्लाका दर्शनार्थीहरु पुग्ने गरेका छन् । यस्तै सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत जात्रामा सहभागी हुने लटिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको छ । विहिबारदेखि सुरू हुने पुजन जात्रामा विहिबार रातभरी र शुक्रबार बिहान समेत पुजाआजासंगै खेलहरु खेल्ने, दामाहा लगायत बाजागाजाहरु बजाउने र रमाइलो गरेर जात्रा मनाउने गर्दछन् ।

लटिनाथ मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । जात्राको सुरक्षाका लागि आवश्यक संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जात्रामा मदिरा, जुवातास जस्ता क्रियाकलापलाई पूर्ण निषेध गरिएको छ ।

पालिकाबाट जारी सूचना

Leave A Reply

Your email address will not be published.