सामाजिक अभियन्ता आसिका तामाङ दार्चुलामा, अढाईसय विद्यार्थीलाई न्यानो लुगा वितरण

दार्चुला । सामाजिक अभियन्ता आसिका तामाङ अहिले हिमाली जिल्ला दार्चुला पुग्नु भएको छ । तामाङले सुरु गरेको ‘एक रुपैयाँ सहयोग अभियान’ अन्तरर्गत अभियन्ता तामाङ सूदूरपश्चिमको अन्तिम जिल्ला दार्चुला पुगेकी हुन ।

“सानो सहयोग, ठूलो परिवर्तन” भन्ने नारा लिएर दार्चुला पुगेकी आसिकाले संकलित रकमबाट न्यानो लुगा ज्याकेट, टोपी, जुत्ता, स्कुल ब्याग, ट्र्याकसुट लगायतका सामग्री खरिद गरेर दार्चुला पुगेको अभियान्ता तामाङ संगै रहेकी लक्ष्मी बोगटी कुवरले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणको राहात दार्चुला नौगाड गाउँपालिका अन्तरर्गत पर्ने गणेश बिनायक माध्यामीक विदालयका २५० जना विद्यार्थीहरुलाई न्यानो लुगा सहित स्कुल झोला वितरण गरिएको बताए । जेनजी आन्दोलनपछि सामाजिक अभियन्ता आसिका तामाङ सबैको मनमा बस्न सफल भएकी छिन् ।

आन्दोलनका क्रममा घाइते भएका जेन्जीहरुलाई उनले अस्पतालमै गएर निरन्तर सहयोग गर्दै आएकी छिन्। पीडितहरुसँग प्रत्यक्ष भेटघाट गर्दै उपचारमा सहयोग जुटाइरहेकी उनले अहिले सामाजिक वृतमा फरक छवि बनाउन सफल भएकी छिन्।

पहिला–पहिला सामाजिक सञ्जालमार्फत सफाइ अभियान चलाउँदै परिचित बनेकी आसिका अहिले प्रत्यक्ष सेवामूलक कार्यमा होमिएकी छन्। उनले विभिन्न क्षेत्रमा पुगेर घाइतेहरुसँग आत्मीयता बाँड्दै आएका दृश्यहरुले जनमानसमा उनलाई नजिक पुर्‍याएको छ।

स्थानीय युवाहरुले आसिकाको सक्रियतालाई ‘साँचो सामाजिक अभियन्ताको उदाहरण’ भन्दै प्रशंसा गरेका छन्। उनका अनुसार, आन्दोलनका बेला जनतासँगै उभिन सक्ने अभियन्ता नै वास्तवमै समाजले चाहेका पात्र हुन्।

Leave A Reply

Your email address will not be published.