दार्चुला । दार्चुलामा नेकपा एमालेका वडा कमिटि उपाध्यक्ष एमाले छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा ६का वडा कमिटि उपाध्यक्ष झुुसे धामी (नरसिह) ले एमाले छोडेर नेपाली कांग्रेस रोजेका हुन ।
एमाले वडा कमिटि उपाध्यक्ष धामीलाई नेपाली कांग्रेस जिल्लाकार्य समितिका पूर्व उप सभापति एव संस्थापक नगरप्रमुख अमर सिह धामीले पार्टीमा स्वागत गरेको कांग्रेस दार्चुलाले जनाएको छ । विहीबार नै विगत लामोसमय देखि नेकपा
एमालेमा रहेर काम गदैँ आएका पुरन सिह धामी, (पुन्टे), श्याम सिह धामी र राज धामीले एमाले पाटी परित्याग गरी लोकतान्त्रीक पाटी कांग्रेसमा प्रवेश गरेको पूर्व उप सभापति एव संस्थापक नगरप्रमुख अमर सिह धामीले जानकारी दिएका छन् ।
पाटी प्रवेश गरेका चारै जनालाई टिका लगाएर पार्टीमा स्वागत गरेको उनले जानकारी दिए । पार्टी प्रवेश गरेका उनीहरुले कांग्रेसको निति नियम मनपरेपछि एमाले परित्याग गरी लोकतान्त्रीक पार्टी कांग्रेसमा प्रवेश गरेको बताएका छन ।
यी हुन् एमाले छोडेर कांग्रेस प्रवेश गरेका प्रवेशीहरु
