दार्चुलामा संसद् विघटनविरुद्ध पालिकास्तरमा एमालेको प्रदर्शन

दार्चुला । दार्चुलामा नेकपा एमालेले संसद् विघटनविरुद्ध पालिकास्तरमा प्रदर्शन गरेको छ । मंगलबार जिल्लाका दुई नगरपालिका र सातवटै गाउँपालिकाका पालिका सदरमुकाम क्षेत्रमा एमालेले प्रदर्शन गरेको हो ।

संसद् विघटनलाई प्रतिगामी षडयन्त्र भनेको एमालेले त्यसका विरुद्ध जिल्लाभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा,पालिका,जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो । सोही घोषणा अनुसार एमालेले प्रदर्शन गरेको एमाले दार्चुलाले जनाएको छ ।

आजको प्रदर्शनमा एमालेका नेताकार्यहरुको सहभागीता रहेको थियो । त्यस्तै एमालेले कार्तिक २९ मा जिल्लास्तरीय आमसभा र मंसिर ६ मा काठमाडौँमा विशाल प्रदर्शन गर्ने जनाएको छ । एमालेले वर्तमान सुशीला कार्कीको सरकार असंवैधानिक भन्दै विघटन गरिएको प्रतिनिधि सभा पुनस्र्थापना गर्नुपर्ने बताउँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.