दार्चुला । दार्चुलाको विगट अपिहिमाल गाउँपालिकामा सम्तेली चौड हाई अल्टिच्युट एडभेन्चर पर्यटन क्रिकेट रंगशाला निर्माण हुने भएको छ ।
यसका लागि गाउँपालिकाले ठेक्का आव्हान समेत गरेको छ । गाउँपालिका अध्यक्ष भगत सिह ठेकरे बोहराका अनुसार गाउँपालिकाले आफ्नै लगानीमा ७ करोड लागतको ठेक्का आव्हान गरेको बताएक छन् ।
यो परियोजनाले अपिहिमाल गाउँपालिकाको आर्थिक बिकास, पर्यटन बिकास, स्थानीयहरुको जीविकोपार्जन तथा युवा खेलाडीहरुको क्षमता बिकासमा महत्त्वपूर्ण योगदान दिनेगरी गाउँपालिकाले बजेट विनीयोजन गरेको उनले बताए ।
यो खेल मैदान बिश्वकै हाई अल्टिच्युड खेल मैदान पनि भएकोले साहसिक खेलमा नेपालकै सम्भावना युक्त क्रिकेट खेल मैदान निर्माण हुने गाउँपालिकाले अपेक्षा लिएको छ ।
