दार्चुला । जेन जी आन्दोलन पछि राप्रपा दार्चुलाले आफ्नो सङ्गठन बिस्तारमा जोड दिएको छ । आइतबार राप्रपा दार्चुलाले महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु मा वडा समिति गठन गरेको छ ।
आइतबार जेष्ठ नागरिक उदय सिह नगारिको अध्यक्षतामा बसेको आमभेलाबाट सम्पन्न अधिवेशन बाट हरिसिह भाट को अध्यक्षतामा ११ सदस्यीय वडा सिमती गठन गरिएको राप्रपा दार्चुलाका प्रवक्ता नरेन्द्र सिह धामीले जानकारी दिए । वडा समितिको उपाध्यक्षमा दिलिप सिह नगारि,कोषाध्यक्षमा उदय सिह भाट, सचिवमा नैनसिह नगारि र सहसचिवमा रामदत्त जोशि लाई चयन गरेको प्रवक्ता धामीले बताए ।
कार्यक्रममा राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालि, उपाध्यक्ष , कृष्ण बहादुर कुवर, चक्र बहादुर बम,प्रवक्ता नरेन्द्र सिह धामी लगायत अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता रहको थियो । पछिल्लो समय दार्चुलामा राप्रपाले सङ्गठन बिस्तार लाई तिब्रता दिएको जनाएको छ ।