दार्चुला । नेकपा एमाले दार्चुलाले गएको आइतबार आयोजना गरेको जिल्ला कमिटीको सातौपुर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षता एवं एमाले पोलिटब्युरो सदस्य, जिल्ला इन्चार्ज गणेश सिह ठगुन्नाको प्रमुख आतिथ्यतामा बसेको सातौपुर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको हो ।
बैठकले गत कार्तिक २९ गते नेकपा एमाले केन्द्रीय कमिटीको निर्णयानुसार जिल्ला सदरमुकाम खलंगामा भएको जनप्रर्दशन र जागरणसभा भव्यताका साथ सफल भएको जनाएको छ । यसले आम जनसमुदायमा नेकपा एमाले प्रतिको जनसमर्थन दार्चुला जिल्लामा प्रमुख पार्टी रहेको प्रमाणित गरेको जनाएको छ । यो कार्यक्रम सफल पार्न अहोरात्र खटिने र पूर्व नेता/कार्यकर्ता तथा जनसमुदायहरुमा जिल्ला कमिटीले धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
यस्तै यहि मंसिर २७ गते देखि २९ गते सम्म हुने नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न र २७ गतेको ऐतिहासिक सभामा काठमाडौंमा सहभागी हुन सम्भव भएका व्यतिलाई महाधिवेशनमा खटाउने निर्णय गरेको छ ।
केन्द्रिय कमिटी मार्फत गरेका निर्णयहरुको पक्षमा दार्चुला जिल्लाको नेकपा एमाले एक ढिक्का भएर लाग्ने निर्णय पनि गरिएको नेकपा एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीले जानकारी दिनुभयो । दार्चुला जिल्लाबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट गर्ने र एकताबद्ध भई केन्द्रिय कमिटी/आयोग/निकायमा सहभागी गराउन पहल गर्ने निर्णय गरिएको पनि उनले बताए ।
पार्टीको आर्थिक विभाग द्वारा प्रस्तुत कार्ययोजनालाई कडाईका साथ लागु गर्न पुन :सम्बोधित कमिटी मार्फत पुन: ताकेता गर्ने,लेवि बाँकी रहेकोहरुको पार्टीको चुन्ने र चुनिने प्रक्रियामा भाग लिन नपाउने निर्णय गरिएको एमाले दार्चुलाले जनाएको छ ।
यस्तै विभिन्न समूहमा रहेका बामपार्टी प्रगतिशील र देशभक्त जनसमुदायहरुलाई नेकपा एमालेमा समाहित हुन जिल्ला कमिटीको सातौपुर्ण बैठकले आह्वान समेत गरेको छ । नेकपा एमालेबाट विभिन्न समयमा अन्य समूहमा गएका व्यतिहरुलाई घर फर्कन अनुरोध गरिएको छ । यो प्रक्रियाको पहल गर्न ६ सदस्यीय कार्यदल गनठन गरिएको एमाले दार्चुलाले जनाएको छ । जसको नेतृत्व एमाले पोलिटब्युरो सदस्य, जिल्ला इन्चार्ज गणेश सिह ठगुन्नाले गर्ने भएका छन् ।
कार्यदलमा जिल्ला कमिटि अध्यक्ष ज्ञानेन्द्र घर्ती सदस्य, सुदुरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य प्रेम सिह धामी,नेकपा एमाले केन्द्रीय कमिटी, सदस्य हरदेब जोशी, एमाले दार्चुलाका पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी र सुदुरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य मोहन सिह धामी सदस्य रहने गरी कार्यदल गठन गरिएको एमाले दार्चुलाले जनाएको छ ।