दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका भित्र रहेका आधा दर्जनभन्दा बढि सामुदायिक स्वास्थ्य केन्द्रहरू स्वास्थ्यकर्मी बिहिन भएका छन ।
चालू आर्थिक बर्ष २०८२/०८३ को साउन १ गते देखि करारमा काम गरिरहेका स्वास्थ्य कर्मचारीहरूलाई नगरपालिकाले हाजिर नलगाउने भनि सूचना जारी गरेपछि नगरपालिका भित्र रहेका आधा दर्जनभन्दा बढि सामुदायिक स्वास्थ्य केन्द्रहरू स्वास्थ्यकर्मी बिहिन भएका हुन ।
चालू आर्थिक बर्षका चार महिना बितिसक्दा समेत नगरपालिकाले स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गर्न नसक्दा स्थानीय सेवाग्राहीहरु समस्यामा परेका छन । स्वास्थ्य जस्तो सम्बेदनसिल क्षेत्रमा नगरपालिकाले वेवास्था गरि जनताको स्वास्थ्य माथि खेलवाड गरेको सेवाग्राहीको गुनासो गरेका छन ।
पछिल्लो समय साउन यता पालिका भित्रका रहेका आठ वटा वडाहरूमा संचालनमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरू बन्द अवस्थामा छन ।पछिल्लो चारमहिना यता स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्यकर्मी नहुदा त्यस ठाउँका नागरिकहरुले नेपाल सरकारले निशुल्क रुपमा प्रदान गर्दै आएको सिटामोल लगायतका समान्य औषधीहरु समेत मेडिकलहरूबाट किनेर ल्याउनु पर्ने बाध्यता रहेको छ ।
बिगत चारमहिना देखि बन्द अवस्थामा रहेका स्वास्थ्य संस्थाहरु भित्र रहेको औषधिहरू सड्दा समेत पालिकाले कुनै चांसो नदेखाएको भन्दै स्थानीयहरुले गुनासो गर्ने गरेका छन्। शैल्यशिखर नगरपालिका ५ स्थित बरमुडेमा रहेको स्वास्थ्य इकाइ केन्द्र पनि बिगत चार महिनादेखि बन्द रहेको छ ।
अहिले त्यस ठाउँका सेवाग्राहीले सिटामोलका लागि पनि एकडेढ घण्टा पैदल हिडेर ओखडानी जानू पर्ने बाध्यता आइ परेको छ । उक्त स्वास्थ्य केन्द्रको स्थापना २०७४ सालमा तत्कालीन स्थानीय सरकारले गरेका थिए । बन्द अवस्थामा रहेका स्वास्थ्य सस्थाहरु सन्चालन गर्नमा शैल्यशिखर नगर पालिकाले कुनै चांसो नदेखाएको भन्दै त्यहाँको स्थानीय सरकारको नागरिकहरुले आलोचना गर्दै आएका छन ।