दार्चुला मालिकार्जुन गाउँपालिकाकाे हुनैनाथका गाउँहरूकाे संक्षिप्त चिनारी
लेखक : मान सिंह धामी (औल्लेकी )
सुदूरपश्चिम प्रदेशकाे दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका हुनैनाथ वडा नम्बर – ४ औल्लेक गाउँकाे सिरानमा अवस्थित आराध्यदेव हुनैनाथ मन्दिर भन्दा करीब १ किलोमिटर तल पश्चिमतिर पारशिला मन्दिर रहेकाे छ । मैले याे लेखमा हुनैनाथ औतालेक मन्दिरकाे भणारी घर पारशिला मन्दिर र हुनैनाथ बाजस्थान मन्दिर गाेठ्युडी भाैनबाटामा अवस्थित भणारी घर तथा भाैनबाटाकाे संक्षिप्त चिनारी वर्णनगर्ने प्रयास गरेकाे छु । याे लेख तयार गर्न हुनैनाथकाे भक्तिगाथा, झाेडाे, सगुना, गाउँका जानकारहरू, लाेकश्रुति तथा मेराे प्रत्यक्ष अवलाेकन र प्राप्त जानकारीलाई आधार बनाएकाे छु । पारशिला मन्दिरकै नामबाट पारशिला गाउँ पनि भन्न सकिन्छ । पारशिलाकाे पश्चिम र उत्तरतिर रानीपातल रहेकाे छ । रानीपातलमा विभिन्न प्रजातिका वनस्पति र जंगली जनावर र चराचुरुङ्गीहरू पाइन्छन् । प्राचीन कालमा यस ठाउँमा हुनैनाथकाे ज्याेतिर्लिङ्ग (शिला) अलाैकिक शक्तिपुञ्ज भएका कारण भक्तजनहरूलाई मनाेवाञ्छित फल प्राप्तहुने, हार गुहार सुन्ने, उचित न्याय सम्पादन गर्ने, भक्तजनहरूलाई वरदान दिने र आपत विपतमा परेका व्यक्तिलाई बचाउने लिङ्ग भएकाेले उक्त स्थानकाे नाम पारशिला (पार लगाउने शिला) रहेकाे हाे । पारशिला पार र शिला शब्द मिलेर बनेकाे हाे । जहाँ पार भनेकाे सबैकाे मनाेकांक्षा पूरा हुने र शिला भनेकाे ज्याेतिर्लिङ्ग भन्ने हुन्छ । पारशिलाकाे शाब्दिक अर्थ सबैकाे मनाेकांक्षा पुरागर्ने लिङ्ग भन्ने बुझिन्छ । पारशिलामा अवस्थित उक्त अद्भूत शिलाकाे आराधनागर्ने गरिन्छ । प्राचीन कालमा पारशिला मन्दिर क्षेत्र वरपर मल्ल राठीकाे मानवबस्ती बढ्दै गएपछि उनीहरू आफूलाई सर्बशक्तिमान सम्झी अन्य जातिका मानिसहरूसंग जाइलाग्ने, स्त्री लम्पट, अन्याय, अत्याचार र दुष्कर्म गर्न थाले । एक दिन भक्तजनहरूले शिलाकाे पुजागर्न जाँदा शिला नभेटिएपछि भक्तजनहरू अचम्मित भएर आसपासकाे क्षेत्रमा लिङ्गकाे खाेजी गर्न थाले । त्यसै दिनदेखी मल्लहरूकाे बस्तीमा विभिन्न बेथितीहरू हुन थाले । उनीहरूका आइमाईहरूबाट अस्वभाविक बच्चाहरू जन्मिने, गर्भ तुहिने, मानिसहरूमा अशान्तिकाे वातावरण तथा गाईवस्तुहरू रुखमा समेत चढ्न थाले । यस्ताे कुलक्षण देखिन थालेपछि सबै भक्तजनहरू समस्याबाट उन्मुक्तिकाेलागि स-भक्तिपूर्वक हुनैनाथकाे आराधना बन्दना गर्न थाले ।
जय बाेल जय बाेल, जय जय जय बाेल हुनैनाथ स्वामीकाे !
चरण स्पर्श ध्यान गराैं, फूल समाई जय बाेलाैं !!
स-भक्तिपूर्वक सबैले हुनैनाथकाे बन्दना गर्दैगर्दा आकाशवाणी भएछ । “तिमी ताकला, डाङरहरूले मेराे बासस्थान वरपर दुष्कर्म गरेर दूषित वातावरण गरेर मलाई अपवित्र बनाउने चेष्टा गर्याै । याे ठाउँमा बस्दा मैले हलियाकाे हाँक र मरेकाे डाड सुन्नु परेकाे छ । नराम्रा कर्महरूमा दृष्टि पुग्न गएकाे छ । त्यसैले मेराे शिला लुप्त भएकाे हाे । हे भक्तजनहरू म माथि आस्था राख्छाै भने याे ठाउँकाे अलि माथि पूर्वपट्टी डाँडामा वृक्षकाे मुनि बिरालाे कराउँदै बसेकाे हुनेछ । उक्त बिरालाे भएकाे ठाउँमा वृक्षमुनि दियाे बलेकाे हुनेछ । सबै भक्तहरू याे ठाउँमा आएर आज देखि मेराे नामले पुजाआजा गरेमा मनाेकामना पूर्ण हुनेछ र पारशिलामा पनि मेराे नामले पुजापाठ गर्दै रहनु” । त्यस पछि आकाशवाणी बन्द हुन्छ । सबै जना उक्त ठाउँमा गएर हेर्दा बिरालाे कराई रहेकाे र धपधपी दियाे बलिरहेकाे देखेछन् । सबैले भक्तिभावपूर्वक स्तुति बन्दना सहित पुजापाठ गरेछन र साेही दिनदेखि आराध्यदेव हुनैनाथकाे साेही ठाउँमा पुजापाठ गर्न थालिएकाे हाे । कालान्तरमा उक्त ठाउँमा स्थानीयहरूले मन्दिर समेत निर्माण गरेर हालसम्म पुजापाठ गरिंदै आएकाे छ । पारशिला मन्दिरकाे अर्काे पनि चमत्कारिक रहस्य रहेकाे छ । समल देशबाट समलघाँट उडेर पारशिलामा नै अवतरण भएकाे थियाे । हाल पारशिलाकाे याे ठाउँमा हुनैनाथकाे भणारी घर (देवताकाे सरसामानहरू राख्ने घर) रहेकाे छ । हुनैनाथकाे भणारी घरमा भक्तिभाव पूर्वक चडाइएका सामानहरू नै मन्दिरका गहना हुन । यी सामानहरूमा विभिन्न मुर्तिहरू, दमाहा, झ्याली, भाेकर, विगुल, घण्ट, त्रिशूल, मयुर पंखी, चाैरीगाईकाे पूछ, डाेली, तापदानी, छात, छडी, नरसिंह बाजा, गडुवा, पानस, पगरी, भाला, शंख, तामाकाे गाग्री, कुणेलाे आदि रहेका छन् । देवकार्य सम्बन्धी छलफलगर्ने पवित्र स्थलकाे रुपमा पारशिला रहेकाे छ । हुनैनाथकाे मूल मन्दिरमा उपहार सहित पुजापाठ गर्नेहरू पारशिलाकाे दर्शन गरि मूल मन्दिरमा जाने गर्दछन् ।
यसै सन्दर्भमा आराध्यदेव हुनैनाथकाे चमत्कारिक महिमाकाे बारेमा वर्णन गर्नु पर्दा हुनैनाथकाे भक्तिगाथा, झाेडाे, सगुन, फाग आदिबाट मैले सुनेका, जनश्रुति, विभिन्न पुस्तकहरूकाे अध्ययनबाट जानकारीमा आएका हुनैनाथका थुप्रै चमत्कारहरू छन् । तर ती चमत्कारहरूकाे बारेमा मैले यस लेखमा समेट्न खाेज्दा कतै पाठकहरूले मलाई हुनैनाथकाे बढाई चढाई गरेकाे आराेप पनि लगाउने हुन कि भन्ने संकाेचले ती चमत्कारिक घटना परिघटनाहरू पाठकहरूलाई जिज्ञासा भएमा यस पछिकाे लेखमा उल्लेख गर्ने नै छु । जे हाेस हुनैनाथकाे संरक्षणमा हंशराज भट्ट बाहेक बिरालाेलाई पनि हुनैनाथकाे अवतारकाे रुपमा रहेकाे देखिन्छ । बाेहरा थरकाे पनि हुन्शिखरकाे संरक्षणमा महत्त्वपूर्ण भूमिका छ” । अहिले पनि औल्लेकीकाे बिल्लाे, पत्यालकाे गुनाे” भन्ने गर्दछन् । पारशिलाकाे परिदृश्य चित्रण गर्दैगर्दा समलघाँट प्रसंगलाई यस लेखमा समावेशगर्नु सान्दर्भिक ठानेकाे छु ।
समलघाँट प्रसङ्ग :
यस लेखमा आराध्यदेव श्री हुनैनाथ स्वामीबाट भए गरेका केही चमत्कारीक महिमाहरू पनि उल्लेख गर्नु सान्दर्भिक देखिन्छ । हुन्शिखरकाे चमत्कारीक महिमाहरू मध्ये याे लेखमा समलघाँट प्रसङ्गलाई जाेड्न गइरहेकाे छु । प्राचीन कालमा औल्लेकमा हुन्शिखरकाे अवतारभइ मूल मन्दिर समेत निर्माण भै यहाँका जनमानसमा हुन्शिखर प्रतिकाे श्रद्धा, भक्ति र विश्वासलेगर्दा भक्तजनबाट देव पुजन गर्ने र मनाेवाञ्छित फल प्राप्तहुने जनविश्वास रहेकाे थियाे र अहिले पनि साे विश्वास कायमै रहेकाे छ । प्राचीन कालमा औल्लेकी हंशराज भट्टका छाेराहरू र अन्य छिमेकीहरू हाम्राे मित्र राष्ट्र भारतकाे अल्माेडा बजारगइ घरकाे लागि चाहिने अत्यावश्यकीय सरसामानहरू (लत्ता कपडा, नून, भाँडाकुँडा आदि) ल्याउने गर्दथे र आफू संग भएकाे भटमास, घिउ, गुड लगायतका सामानहरूकाे बिक्री पनि गर्दथे । त्यस बेला अल्माेडालाई समल देश पनि भनिन्थ्याे । औल्लेकीहरूले आवश्यकीय सामनहरूकाे किनवेच गरेर घर फर्कने बेलामा आफ्नाे इष्टदेव हुन्शिखर देवतालाई उपहार स्वरुप घण्ट चढाउने भक्तिभाव जागेछ । घण्ट खरिद गर्न विभिन्न पसलहरू चहारेर बल्लतल्ल एउटा पसलमा हुन्शिखर देवतालाई चढाउन सुहाउनेखालकाे एउटा घण्ट फेला पारेछन् । पसलेसंग घण्टकाे माेलमाेलाई भएपछि उक्त घण्टकाे लागि आवश्यक रकम नपुग भएछ । औल्लेकीहरूले याे घण्ट हाम्राे देवतालाई सुहाउने खालकाे छ, सकिन्छ भने नपुग रकम हामी दाेस्राे पटक आउँदा चुक्ता गराैंला, घण्ट दिनुहाेस । सकिँदैन भने अर्काे पटक आउँदा लगाैंला यसलाई अरुलाई नबेच्नु हाेला भनेर पसलेलाई अनुराेध गर्दा पसलेले रिसाएर देवताकाे धाक फुर्ति किन लगाउनु हुन्छ ? तपाईकाे देवताकाे लागि सुहाउने घण्ट हाे भने या त घण्टकाे पुरै पैंसा चुक्ता गर। हैन भने तपाईकाे देवतालाई साँच्चिकै सुहाउने र तपाईकाे देवता साँच्चिकै शक्तिशाली छ भने देव शक्तिले आफै लगाेस । अन्यथा कुनै उपाय छैन, उधाराे दिन सकिँदैन भनेछन् । पसलेले यति कुरा भन्दै गर्दा साँच्चिकै उक्त घण्ट जमिनबाट उठेर घनघनी बज्दै आकास मार्ग हुँदै उडेर पूव दिशातिर लागेछ । यस्ताे अचम्मित चामत्कारिक दृश्य देखेर सबै जना छक्क परेछन् । सबैले हुनैनाथकाे स्तुति वन्दना गरेछन् ।
तत्पश्चात उक्त घण्ट आकाश मार्ग हुँदै बज्दै केही समय पछि औल्लेक गाउँकाे पारशिलामा अवतरण भएछ । उक्त चमत्कारी घाँट औल्लेकीहरूले देखेपछि सबै जना भेलाभइ उक्त घाँटकाे दर्शन गरि विभिन्न शंका उपशंका अडकलबाजी गर्न थालेछन् । केही दिन पछि समल देशबाट सामान किनेर औल्लेकी घर फर्केर सबै वृत्तान्त बताए पछि सबै नरनारीहरू नतमस्तक भइ आराध्यदेव हुनैनाथकाे जय जयकारगर्दै उनकाे महिमाकाे प्रशंसा गर्न थाले । समलदेशबाट उडेर बज्दै आएकाे उक्त घण्टटलाई हाल सम्म पनि समलघाँट भनेर पुकारिन्छ । याे चमत्कारी अद्भूत शक्ति भएकाे घाँट (घण्ट) मन्दिरकाे गव्यूर भन्दा तल पारशिलामा सुरक्षित रहेकाे छ । चमत्कारी शक्ति भएकै कारण सबैकाे लागि दर्शन गर्न खुला नराखिए पनि चाेखाे भाेकाे भइ उपवास बसेर शुद्ध तनमनले भेटी चढाएर दर्शन गर्न सकिने प्रचलन रहि आएकाे छ ।
याे लेख तयार पार्ने क्रममा मैले धेरै खाेज अनुसन्धान र अध्ययन गरे भन्दा त पाठकलाई बढप्पन गरेकाे अनुभूति हुन सक्छ । तर सकेसम्म विभिन्न पुस्तकहरू, गुगल, यु ट्युव, इतिहासका जानकारहरू आदि संग सम्पर्क गरेर याे लेख लेखेकाे व्यहाेरा अनुराेध गर्न चान्छु । पाठकज्यूहरूलाई थप जनाकारी भएमा उपलब्ध गराई सहयाेग गरीदिन हुन विनम्र अनुराेध गर्न चाहन्छु ।
भाैनबाटा एक चिनारी :
दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका वडा नम्बर -४ हुनैनाथ गाेठ्युडी अन्तर्गत भाैनबाटा एक सुन्दर रमणीय स्थल हाे । हाल भाैनबाटामा भाैनबाटीहरूकाे पुर्ख्याैली थलाेमा हुनैनाथ बाजस्थान मन्दिरकाे भणारीघर रहेकाे छ । भाैनबाटा भन्ने ठाउँ बाजस्थान मन्दिरकाे दक्षिण करीब ५०० मीटर तल रहेकाे छ । जुन हुनैनाथ औतालेक मन्दिरकाे पश्चिमतिरबाट टाैटाक देखिन्छ । भाैनबाटाकाे पूर्वमा रानीपातल र औल्लेक गाउँ, सिन्याडी, पश्चिममा मसाड, माैवाडी, चलघर, च्युरी, बन्सेला, अाेदले, रताेडा मालान, भैसेबाटा, काेट, चाेल्थी र उत्तरमा बाजस्थान मन्दिर, गाेठ्युडी लेक, भैराँडी, बाङ्गसल्ला, काेटबुङ्गा, छाना, गडानी, ठुलीखाली र साैलेकाे लेक पर्दछ भने दक्षिणमा तल्लीभाैनबाटा, भुर्भुरे, कुम्मा, सनेडा, जाेशीगाउँ, मलबाब, ओजीगाड, चन्दनपुर, सलिन्जर, क्यासिर, टाटिक लगायतका गाउँहरू पर्दछन् । औल्लेकी धामीहरू भारद्वाज गाेत्री हुन । भाैनबाटीहरु पनि औल्लेकी धामी नै हुन् । भाैनबाटीहरूकाे जमिन औल्लेक पारशिलामा हाल सम्म पनि आवादी रहेकाे छ । यसरी मैले भाैनबाटी परिवारकाे बारेमा चित्रण गर्दैगर्दा औल्लेकीहरूलाई बिरानाे भने बनाउन खाेजेकाे हाेइन है । किनकि औल्लेकी धामीहरू सबै हंश राज भट्टकै सन्तान हुन र सगाेत्री (भारद्वाज) पनि ।
भाैनबाटामा भाैनबाटीहरूकाे ठुलाे दुईतले भवन थियाे । वि. सं. २०४२ सालतिर देववाणीभई भाैनबाटामा भणारी घर बनाउनकालागि उक्त भवन भत्काइएकाे हाे । भाैनबाटीहरूकाे पुर्ख्याैली भवन ठुलाे आकारमा रहेकाे र उक्त भवनमा एउटा छुट्टै पाहुना कक्ष (काेठा) रहेकाे मलाई राम्राे सम्झना छ । उक्त भवन बाटाेमा रहेकाे हुँदा भवनबाटा भन्ने गर्दथे । भवनबाटा शब्द अपभ्रंश भएर भाैनबाटा भएकाे हाे । भाैनबाटा नाम भाैन र बाटा मिलेर बनेकाे हाे । जहाँ भाैन भनेकाे भवन र बाटा भनेकाे बाटाे भन्ने हुन्छ । विभिन्न गाउँठाउँबाट आउने मान्छेहरूकाे विचबाटाे उक्त स्थान भएकाेले र पाँच परिवार बस्ने ठुलाे भवन भएकाले भाैनबाटा नाम रहन गएकाे हाे । भाैनबाटामा हंशराज भट्टका सन्तान पछि भाट र धामी भनिएका भाैनबाटीहरू बसाेबास गर्दछन् । हाल भाैनबाटीहरूले उक्त स्थानमा भणारी घर निर्माण गरी विभिन्न चाडपर्वहरूमा देव कार्यहरू गर्नुका साथै बाजस्थान मन्दिरकाे पुजन सामग्री तथा अन्य आवश्यक भाँडाकुँडाहरू भण्डार गरिन्छन् । भाैनबाटीहरूकाे पुर्खा दाैल धामी हुन । दाैल धामी धार्मिक, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व थिए । दाैल धामीमा हुन्शिकर अवतार भई समय समयमा बिभिन्न देववाणीहरू आउने गर्दथे भनेर भाैनबाटी परिवारका बुढापाका र गाउँका अन्य जानकारहरूले बताउँछन् । दाैल धामीकाे पालादेखि नै भाैनबाटामा बिभिन्न गाउँठाउँबाट मानिसहरूकाे आवागमन हुने गर्दथ्याे । भाैनबाटाकाे बारेमा चित्रण गर्दा थाेरै भाैनबाटीहरूकाे आनीबानी चालचलन पनि उल्लेखगर्नु सान्दर्भिक हुन्छ हाेला । भाैनबाटीका पुर्खा दाैल धामी हुन । पुर्खाकाे पालादेखि हालसम्म भाैनबाटीहरू विभिन्न धार्मिक, सामाजिक, राजनैतिक लगायतका कार्यहरूमा सक्रिय रहदै आएका छन् । दाैल धामीकाे पालादेखि नै भाैनबाटा घर सम्मानित घर पनि हाे । हाल भाैनबाटीहरू २/३ परिवार कञ्चनपुर र कैलाली धनगढीमा बसाेबास गर्दछन् ।
म पनि भाैनबाटी नै भएकाेले मेराे जानकारी अनुसार थाेरै भाैनबाटी वंशावली पनि प्रस्तुत गर्नु बाञ्छनिय देखिन्छ । दाैल धामीका बुवा फाैंरे धामी हुन् । उनका दुई छाेरा मध्ये जेठा छाेरा गुमान सिंह र कान्छा छाेरा सर्पे सिंह हुन । बुवाकाे तीन पुस्ता कागजात हेर्दा गुमान सिंह र सर्पे सिंह भनेर लेखिएकाे छ । गुमान सिंहका तीन छाेराहरू :- नयन सिंह धामी, लाल सिंह धामी र फुन्चे सिंह धामी हुन् । नयन सिंह धामीका छाेरा गाेपाल सिंह धामी र नाति चन्द्र सिंह धामी हुन् । चन्द्र सिंह धामीका छाेराहरू :- ललित सिंह धामी, नवीन सिंह धामी , अनुज धामी र छाेरी नीतु धामी हुन् । ललित सिंह धामीका छाेरा किरण धामी हुन् । लाल सिंह धामीका छाेरा धन सिंह धामी र माेहन सिंह धामी हुन् । धन सिंह धामीका छाेरा मान सिंह धामी र रुपेश धामी हुन् । मान सिंह धामीका छाेराहरू दिगम्बर सिंह धामी र दिपक धामी हुन् । दिगम्बर सिंह धामीका छाेरा सार्थक धामी र छाेरी देवांशी धामी हुन् । रुपेश धामीका छाेरा किशाेर धामी र छाेरी कविता धामी हुन् । माेहन सिंह धामी वि. सं. २०२८ साल चैत्र महिनामा प्रवेशिका परीका दिएर काठमाण्डाै गएका र हाल सम्म पत्ता नलागेकाे (प्रदेशी), निजका धर्मपत्नी वान्नी धामी हुन् । निज प्रदेशीका सन्तान छैनन् । फुन्चे सिंह धामीका छाेरा दिलप सिंह धामी र कृत सिंह धामी हुन् । दिलप सिंह धामीका छाेरा दान सिंह धामी र राम सिंह धामी हुन् । दान सिंह धामीका छाेराहरू सुरेश सिंह धामी, प्रकाश सिंह धामी र छाेरी शान्ति धामी हुन । राम सिंह धामीका छाेराहरू हरिश धामी र आदित्य धामी हुन् ।
कृत सिंह धामीका छाेरा राजेन्द्र सिंह धामी र धाैल सिंह धामी हुन् । राजेन्द्र सिंह धामीका छाेराहरू मनाेज सिंह धामी र गणेश सिंह धामी हुन् । मनाेज सिंह धामीका छाेरा हरिओम धामी हुन् । निज मनाेज धामीकाे दुर्घटनामा परि भारतमा २०७६ सालमा असामयिक निधन भएकाे । धाैल सिंह धामीका छाेराहरू धिरेन्द्र सिंह धामी र विश्राम सिह धामी हुन् ।
सर्पे सिंहका तीन छाेराहरू : त्रिलाेक सिंह धामी, भद्र सिंह धामी र जयानन्द धामी हुन् । त्रीलाेक सिंह धामीकी छाेरी उदा धामी, भद्र सिंह धामीका चार छाेराहरू : दान सिंह धामी, बजिर सिंह धामी, सुन्दर सिंह धामी र अर्जुन सिंह धामी हुन् । दान सिंह धामीका छाेरा करन सिंह धामी, बजिर सिंह धामीका छाेरा रमेश सिंह धामी, सुन्दर सिंह धामीका छाेरा पुष्कर सिंह धामी र अर्जुन सिंह धामीका छाेरा दिपक सिंह धामी र महेश सिंह धामी हुन् ।
जयानन्द धामीका चार छाेराहरू खडक सिंह धामी, देव सिंह धामी, मान सिंह धामी र ईन्द्र सिंह धामी हुन् । खडक सिंह धामीका छाेरा माेहन सिंह धामी र वीर सिंह धामी, देव सिंह धामीका छाेराहरू जनक सिंह धामी, शंकर सिंह धामी, राम सिैह धामी र लक्षमण सिंह धामी हुन् । मान सिंह धामीका छाेरा पदम सिंह धामी हुन् ।
भाैनबाटीहरूका छिमेकी अवस्थी ब्रह्मण हुन् । अवस्थीहरू निकै सुसंस्कृत, पढेलेखेका सभ्य र मिलनसार छन् । जातिय हिसाबले क्षेत्री र ब्रह्मण भएपनि एक अापसमा सुमधुर सम्बन्ध रहेकाे छ । अवस्थीहरू हाल हुन्शिकरका पुजारी पनि छन् । उनीहरू संङ्ख्यात्मक रुपमा भाैनबाटीहरू भन्दा कम भएपनि शिक्षा, राेजगारीका क्षेत्रमा समेत अगाडी रहेका छन् ।
ऐरीछाना गाउँकाे परिदृश्य चित्रण :
दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका अनतर्गत हुनैनाथ वडा नम्बर -४ काे ऐरीछाना एक सुन्दर रमणीय गाउँ हाे । ऐरीछाना मालिकार्जुन गाउँपालिकाकाे एक हिस्सा हाे । ऐरीछाना गाउँकाे पूर्वमा लेकम गाउँपालिकाकाे बुराैंसे र शैल्य शिखर नगरपालिकाकाे दाेबाटा, पश्चिममा मालिकार्जुन गाउँपालिकाकै साविककाे ३ नम्बर वडा स्याउलेकाेलेक (गाेठ्युडी), उत्तरमा मालिकार्जुन गाउँपालिकाकाे बसेडी र दक्षिणमा लेकम गाउँपालिकाकाे ओडिगाउँ रहेकाे छ । याे गाउँमा हंशराज भट्टका सन्तान औल्लेकी धामीहरूकाे बाहुल्यता रहेकाे छ । धामीहरूका अतिरिक्त याे गाउँमा खत्री, ओझा, बाेहरा जातिका मानिसहरू बसाेबास गर्दछन् । याे गाउँका मानिसहरू विभिन्न पेशा व्यवसायमा संलग्न रहेका छन् । यहाँकाे मुख्य व्यवसाय खेतीपाती नै भएपनि व्यापार, शिक्षण, नाेकरी, सिकर्मी, डकर्मी तथा गाउँका केही युवाहरू वैदेशिक राेजागारीमा पनि संलग्न रहेका छन् ।
ऐरीछानाकाे दृश्य, परिदृश्य चित्रण गर्दैगर्दा उक्त ठाउँकाे नाम ऐरीछाना कसरी रहन गएछ ? भन्ने जिज्ञासा पाठकहरूलाई हुन सक्छ । म पनि याे गाउँकै वासिन्दा भएकाे नाताले गाउँका बुढापाका जानकारहरूबाट सुने अनुसार प्राचीन कालमा याे ठाउँमा घना जंगल थियाे । घना जंगलमा वन्यजान्तुकाे आरक्षण पनि हुने हुँदा टाढा-टाढाबाट सिकार खेल्न मानिसहरू आउने गर्दथे । केही समय विश्रामकाे लागि र सिकार खेल्नकाेलागि उनीहरूले आड (ऐडा) बनाएका थिए । घामपानी, असिना, गर्मी तथा जाडाेबाट वच्न आडकाे माथि छाना बनाउँथे । उनीहरू सिकार खेलेर घर आउँदा आडछानाबाट आएकाे भन्दथे । यसरी आडछानाबाट ऐडाछाना हुँदै ऐरीछाना भएकाे हाे । यस गाउँबाट अन्धविश्वास, कुरीति, धामीझाँक्री लगायतका कुराहरूमा गाउँबासी सचेत छन् । मानिसहरू गाउँमा राम्राेसँग मिलेर बसेका छनण ।
याे गाउँकाे मुख्य बालीनालीहरूमा मकै, गहूँ, भटमास, मसुराे, गहत, कलाैं, साेट्टा, धान आदिकाे उत्पादन हुने गर्दछ । पशुपालनमा गाई, भैंसी, बाख्रा आदि रहेका छन् । खानपान, रहनसहन, धर्म, संस्कार, पाेशाक सेराेफेराेकाे परिवेशमा मिल्दाेजुल्दाे रहेकाे छ ।
याे गाउँमा श्री खान माद्यमिक विद्यालय ऐरीछाना (कक्षा -१० सम्म) रहेकाे छ । गाउँमा शिक्षाकाे उज्यालाे किरणले गर्दा विभिन्न परम्परागत कुरीतिहरू, अन्धविश्वास, कु-संस्कार आदि हट्दै गएका छन् । गाउँघरमा कुनै मानिस बिरामी हुँदा स्वास्थ्यचाैकी, अस्पताल जाने गरेकाे देख्दा म पनि गदगद छु । रुढीबादी, धामीझाँक्री, तन्त्रमन्त्र आदि चलन पूर्णरुपमा हटी सकेकाे छ । तथापि कुनै देवकार्यहरूमा ब्राह्मणहरूद्वारा अभिषेक मन्त्राेच्चारण गरि हुन्शिकरकाे पतरेहरूमा देववाणी भने आउने गरेकाे कुरालाई नमन गर्दछु । हाल गाउँमा प्रसुति केन्द्र (Birthing centre) काे पनि स्थापना गरेर गर्भवति र सुत्केरी महिलाहरूकाे घाउमा मल्हम लगाउने सह्रानिय कार्य भएकाे छ । राम मन्दिरकाे छेउमा गाउँका सबै बासिन्दाहरू मिलेर आकाशे पानी जम्मा गरेर भैंसी आहाल बस्नकाे लागि परम्परागत ठुलाे पाेखरी (खाल) निर्माण गरिएकाे छ । मेराे जानकारी अनुसार वि. सं. २०५१/०५२ सालतिर तत्कालिन गाविस अध्यक्षकाे पहलमा उक्त पाेखरीकाे पुनर्निर्माणकाे कार्य पनि भएकाे थियाे । अहिले पनि उक्त ठाउँमा परम्परागत ठुलाे खाल भएकाेले “खालीमा” भन्ने गर्दछन् । खेतीपातीकाेलागि याे गाउँ निकै उर्बरभूमि हाे, तर याे गाउँमा पानीकाे भने निकै समस्या भाेग्नु परेकाे तिताे यथार्थ छ । अहिले पिउनेपानीकाे प्रयाेजनकाेलागि तल्लाे पनेर भन्ने ठाउँबाट साेलार जडानगरि लिफ्टिङ्ग गरेर करीब सबैकाे घरघरमा पानीकाे सुविधा छ । ऐरीछानाबासीलाई पर्याप्त पानी उपलब्ध गराउनकाेलागि लाेदेसैनमा ठुलाे ट्याङ्क (पाेखरी) निर्माणगरी लिफ्टिङ्ग गरेकाे पानी भण्डारगर्नु जरुरी छ । यसकाेलागि स्थानिय निकायकाे ध्यानजानु आवश्यक देखिन्छ । विद्यालयकाे छेउमा तत्कालिन गाविस अध्यक्ष श्री धन सिंह धामीकाे कार्यकाल (वि.सं. २०५०/०५१) मा केही बजेट बिनियाेजन गरि राममन्दिर स्थापना गरिएकाे छ । राम मन्दिरमा बेलाबखतमा भजन किर्तन र मेला लाग्ने गर्दछ । गाउँमा हुन्शिकर भूमीराज मन्दिर रहेकाे छ । उक्त मन्दिरमा पनि दशैं नवरात्रमा जमरा राख्ने, चाेखाे भाेकाे भई व्रत तथा अराद बस्ने तथा विभिन्न चाडपर्वहरू गाैरा, रात्रीकालिन जात्रा (जात) लाग्ने गर्दछ । ऐरीछानामा विभिन्न गाउँ/टाेलहरू डाणा, चमडे, ठुलाघर, काफलमा, खर्क, गाेर्बेधार, तल्लासैन, लाेदेकाे सैन, लुरा, सल्याडी, देवधुरा, सिराड, दुबाचाैड आदि रहेका छन् । ऐरीछाना गाउँकाे डाणामा, खालीमा र विद्यालय भवन भएकाे ठाउँबाट उत्तर दिसातर्फ शैल्य शिखर मालिकार्जुन स्वामी र बालीचन स्वामीकाे दर्शन गर्न सकिन्छ । ऐरीछाना गाउँमा हाल माेटरबाटाे पुगिसकेकाे छ । ऐरीछाना हुँदै देवालय, हुनैनाथ मन्दिर औतालेकबाट डाँडाकाेट सम्म सडक विस्तारकाे काम भइरहेकाे छ । शंकरपुर देवालय जाेड्ने सडककाे काम पनि भइरहेकाे छ । जय हुनैनाथ स्वामी !! जय मालिकार्जुन स्वामी !!
रताेडा गाउँकाे चिनारी !!!
दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका -४ हुनैनाथकाे साविक वडा नम्बर -६ एक सुन्दर रमणीय गाउँ रताेडा हाे । याे गाउँमा विशेषगरी हंश राज भट्टका सन्तान औल्लेकी धामीहरूकाे बाहुल्यता रहेकाे छ । पाठकहरूलाई रताेडा गाउँकाे नाम कसरि राखिएछ ? भन्ने जिज्ञासामा याे गाउँकाे मध्यभागमा प्राकृतिक राताे ओडार हाल सम्म पनि रहेकाे छ । प्राचीन कालमा उक्त ओडारमा घुमन्ते, फिरन्ते जीवनयापन गर्ने राैत (राउटे) हरू बस्ने हुँदा राैते ओडार भनिन थालियाे र पछि रताेडा नाम रहन गएकाे हाे भनेर गाउँका बुढापाका तथा जानकारहरू बताउँछन् । अर्काे एकथरिकाे भनाइ अनुसार उक्त गाउँकाे मध्यभागमा टाढैबाट टलक्क देखिने राताे ओडार भएबाट पनि “राताे र ओडार” शब्द मिलाएर रताेडा नाम रहेकाे भन्ने भनाइ पनि छ ।
याे गाउँमा स-साना अन्य गाउँ/टाेलहरू मालान, भैंसाबाटा, दाेसल्ली, क्वामा, कपस्यडा, नरखाली, काेट,च्युरीधार, काेटिला, चाेल्थी लगायतका गाउँ/टाेलहरू रहेका छन् । यस गाउँ भित्रका स-साना गाउँटाेलहरू भैंसी चराउन जानेबाटाे भएकाेले भैंसाबाटा, तत्कालिन ठुला दुई सल्ला भएकाे ठाउँलाई दाेसल्ली, पानीकाे कुवा भएकाे ठाउँलाई “क्वा”, प्राचीन कालमा नरायन नामकाे व्यक्तिले भैंसी आहाल बस्नकाे लागि र अन्य प्रयाेजनकालागि आकाशे पानी जम्मा गर्न खाल (पाेखरी) बनाएकाे हँदा “नरखाली”, रताेडाकाे माथि टुप्पाेमा आकर्षक सम्मपरेकाे ठाउँ गाउँकाे नायके (राजा) बस्ने ठाउँ “काेट”, च्युरीहरू भएकाे ठाउँलाई “च्युरीधार”, कपडसिला माटाे (कपडमट्टी) र झाडी बुट्यान भएकाेले “कपस्यडा” भएकाे हाे भनेर जानकारहरू बताउँछन् । साथै “काेट” गाउँकाे माथि चूल्ल परेकाे ठाउँलाई चाेल्थी भनिएकाे हाे । औल्लेकी धामीहरूका अतिरिक्त बाेहरा, ढाेली जातिकाे पनि याे गाउँमा वस्तिरहेकाे छ ।
याे गाउँबाट वडा कार्यालय, स्वास्थ्यचाैकी, विद्यालय चन्दनपुर (चाैण) नजिकमा रहेका छन् । गाउँमा पुरानाे अन्धविश्वास हट्दै गएकाे छ । गाउँका शिक्षित युवाहरूले गाउँकाे मुहार परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेकाे कुराले छरछिमेका गाउँवस्तीमा पनि सकारात्मक प्रभाव पारेकाे देखिन्छ । गाेठमा सुत्केरीहुने गराउने चलनलाई पूर्णरुपमा निरुत्साहित गरिएकाे छ । प्रसवपीडा सुरु हुनासाथ सुत्केरी (बच्चा जन्माउन) हुन स्वास्थ्यचाैकी चन्दनपुर जाने गर्दछन् । घरमा कुनै मानिस बिरामीहुँदा धामीझाँक्रीकाे सट्टा स्वास्थ्य संस्थामा गएर उपचार गर्ने गर्दछन् । उसाे त रताेडा गाउँका बासिन्दाहरू धेरै अन्धविश्वासी थिएनन् भन्ने कुरा त छाउगाेठ नभएबाट पनि स्पष्ट हुन्छ । रताेडा गाउँबाट गाउँपालिकाकाे सदरमुकाम पनि नजिकै शंकरपुर पस्तीमा रहेकाे छ । हाल गाउँकाे सिरानसम्म माेटर गाडीहरू चल्ने सडक निर्माणकाे कार्य भइरहेकाे छ । याे गाउँका मानिसहरूकाे मुख्य व्यावसाय कृषि खेती भएता पनि शिक्षण, नाेकरी, व्यापारमा, सिकर्मी, डकर्मी तथा केही युवाहरू वैदेशिक राेजगारी अादि पेशामा पनि संलग्न रहेका छन् । रताेडा गाउँकाे रहनसहन, रीतिरिवाज, संस्कृति, चालचलन, धार्मिक संस्कार सबै ऐरिछाना, गाेठ्युडी, औल्लेक गाउँकाे भन्दा पृथक नरहेकाे कुरा समेत याे लेखबाट संप्रेषण गरे । याे गाउँ हुनैनाथकाे सु-प्रशिद्ध गाउँ हाे ।
मान सिंह धामी (औल्लेकी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङ्गा)
दार्चुला
स्राेत :
धामी, राजेन्द्र र दामाेदर (२०७८), अाराध्यदेव हुनैनाथकाे महिमा तथा औल्लेकी धामीहरुकाे वंशावली । गाेकुलेश्वर दार्चुला ।
पाण्डेय,बद्रीदत्त (२०२२), कुमाऊँ का इतिहास । भारत
पन्त, दयाकृष्ण (२०६७), दार्चुलाकाे इतिहास । महेन्द्रनगर ।