दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा–७ जोलजीवि सुरू भएको मेला तथा सांस्कृतिक महोत्सवको आज चौैथोदिन गायिकाइब्सल संज्यालको प्रस्तुती रहने भएको छ ।
मंसिर १ गते देखि सुरू भएको मेला महोत्सवमा आज विहीबार गायिका संज्यालको प्रस्तुती रहने आयोजकले जनाएको छ । मङ्सिर १ देखि मङ्सिर ५ गतेसम्म मेला तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।
पछिल्लो समय लोकदोहोरी तथा देउडा क्षेत्रमा दर्शकको मनजितेकी गायिका इब्सल संज्यालको आज प्रस्तुती रहने भएपछि अन्यदिनको भन्दा आज दर्शकहरुको उपस्थिति पनि बढि हुने आकलन गरिएको छ ।
महोत्सवमा चर्चित गायक टंक तिमिल्सिना, मनोज धामी,मोडल नृत्यतर्फ गंगा बोहरा यमुना र भण्डारी सहित उद्घोषक तर्फ कृष्ण धामी,राशि रिजालको प्रस्तुती रहने आयोजकले जनाएको छ । मेला महोत्सवमा स्थानीय वस्तुको प्रदर्शनीको साथै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहदैँ आएको छ ।
यो मेला जोलजीवि तथा भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा स्थित जोलजीविमा सदियौँदेखि मनाइँदै आएको ऐतिहासिक मेला हो । यहाँको काली र गोरी नदीको संगम क्षेत्रलाई पवित्र स्थल मानिँदै आएको छ ।
१७९१ मा अस्कोटका राजा पुष्कर पालद्वारा मेला सुरू गरिएको मानिन्छ। गोरी गंगा र काली नदीनदीको संगमस्थलमा आयोजना हुने यो मेला धार्मिक, सांस्कृतिक र व्यापारिक महत्त्वका कारण नेपाल–भारत दुवै मुलुकमा समानरूपमा मनाइदै आएको छ ।
नेपालले २०७४ सालदेखि सरकारी मेलाको रूपमा जोलजीवि मेला महोत्सव मनाउन सुरू गरिएको हो ।
