दार्चुला। दार्चुलाको एक विद्यालयलाई पूर्व विद्यार्थीले आर्थिक सहयोग संगै न्यानो लुगा वितरण गरेका छन् ।
जिल्लाको व्यासँ गाउँपालिका वडा न- ६मा रहेको हिमालय माध्यमिक विद्यालय हुतीमा पूर्व विद्यार्थीहरुले आर्थिक सहयोग संगै न्यानो लुगा वितरण गरेका हुन् ।
व्यासँ गाउँपालिका वडा ६मा बसोबास गर्ने लक्ष्मण सिंह कुवरका छोरा पूर्व सोही विद्यालयका विद्यार्थी अनिल सिंह कुवरले विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको विद्यालयले जनाएको छ ।
हाल मलेसियामा रहेका कुवरले विद्यालयलाई नगद सहित न्यानो लुगा वितरण गरिएको विद्यालय स्रोतले जानकारी दिएको छ ।
यस्तै उनका साथी नौगाड गाउँपालिका वडा ४ सिप्टी बस्ने जगत सिंह ठगुन्नाका छोरा नविन सिंह ठगुन्नाले पनि विद्यालयलाई आर्थिक सहयोग संगै न्यानो लुगा वितरण गरिएको विद्यालयले जनाएको छ ।
दुबैजनाले विद्यालयलाई रु ५० हजार सहयोग गरेको र सोही रकमबाट विद्यार्थीहरुलाई जाडो मौसममा न्यानो पोशाक खरिदगरी वितरण गरिएको विद्यालयले जानकारी दिएको छ ।
पूर्वविद्यार्थीद्धयले कक्षा बालविकास देखि कक्षा १० सम्मका अनाथ टुहुरा अपाङ्ग र अति विपन्न विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको बताइएको छ ।
विद्यार्थीको मुहारमा खुशी ल्याउने यस्तो पुण्यकर्मका लागि दुबैजनालाई विद्यालयले धन्यबाद दिएको छ ।