दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा न्यायिक समितिको आयोजनामा दुई दिने मेलमिलापकर्ता तथा न्यायिक समितिका पदाधिकारीहरूका लागि न्यायिक अभिमुखिकरण तालिम सकिएको छ ।
न्यायिक समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष देवकी बोहरा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधीश भुवन गिरी र विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष भक्त सिह ठेकरे बोहराको उपस्थितिमा तालिम सकिएको हो ।
तालिममा स्थानीय तहका न्यायिक कार्यमा संलग्न पदाधिकारी तथा मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको न्यायिक समितिले जनाएको छ ।
तालिममा वडा अध्यक्ष, न्यायिक समितिका सदस्य, मेलमिलापकर्ता तथा स्थानीय तहका कर्मचारीको सहभागिता रहेको गाउँपालिका अध्यक्ष भगत सिह ठेकरे बोहराले जानकारी दिए ।
