केएमसी धनगढीमा अध्ययनरत विद्यार्थी दिनेश राज जोशी एक सातादेखि बेपत्ता, खोजीका लागि परिवारको अपिल

कैलालीको धनगढीबाट एक विद्यार्थी विगत एक सातादेखि सम्पर्कविहीन भएका छन्। डोटी जिल्ला जोरायल गाउँपालिका–२ बुडर-दह घर भई हाल धनगढी उपमहानगरपालिका–५ तारानगरमा बस्दै आएका दिनेश राज जोशी हराइरहेका हुन्।
जोशी कैलाली बहुमुखी क्याम्पस (केएमसी), धनगढीमा बीएस्सी प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन्। परिवारका अनुसार माघ २३ गते दिउँसोदेखि उनी डेरा बस्ने कोठाबाटै सम्पर्कविहीन भएका हुन्। नियमित रूपमा घरपरिवारसँग सम्पर्कमा रहने उनी एक्कासी सम्पर्कबाहिर भएपछि परिवार गहिरो चिन्तामा परेको छ।
रास्वपा डोटी जिल्ला समिति सल्लाहकार प्रमुख धर्मराज जोशीका भतिजा समेत रहेका दिनेशको आफन्त तथा साथीभाइमार्फत खोजी भइरहेको भए पनि हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।
उहाँलाई कतै देख्नुभएमा वा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन तथा तल उल्लेखित नम्बरमा तुरुन्त सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।
सम्पर्कका लागि:
९८६९१५५४१६
 ९८६९५६४९४६

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!