टी–२० विश्वकपमा आज तीन खेल, नेपालको समूहमा रहेको इंग्ल्याण्ड र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आइसिसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछ। दुई खेल भारत र एक खेल श्रीलंकामा हुनेछ।

पहिलो खेलमा आयरल्याण्ड र ओमान भिड्दैछ। श्रीलंकाको कोलम्बोस्थित एसएससी क्रिकेट ग्राउन्डमा बिहान सवा ११ बजे खेल हुनेछ। ओमान र आयरल्याण्ड समूह बी मा छन्। दुवैले दुई खेल खेलेका छन् भने दुवै खेलमा पराजित भएका छन्। आज उनीहरूले तेस्रो खल खेल्दैछन्।

सवा ३ बजे हुने दोस्रो खेलमा इंग्ल्याण्ड र स्कटल्याण्ड भिड्दैंछन्। खेल कोलकातास्थित इडेन गार्डेनमा हुनेछ।

दुई देश नेपाल रहेको समूह सी मा छ। दुवै देशले दुई दुई खेल खेलेका छन् भने एक–एक खेल हारेका छन्। रनरेटका आधारमा स्कटल्याण्ड अघि छ।तेस्रो खेलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन्।

दुई देशबीच अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेल हुँदैछ। दुवै टोलीले तेस्रो खेल खेल्न लागेका हुन्। अघिल्ला दुवै खेलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिका विजयी भएका छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!