लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले)ले लोकप्रियतावादको भ्रमबाट सचेत रहन आह्वान गरेको छ । फागुन २१ गते हुने निर्वाचनमा लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेले आग्रह गरेको हो ।

एमालेले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्न सक्ने यथार्थप्रति सचेत रहन एमालेले अपिल गरेको छ ।

राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्राय: भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहने एमालेले प्रष्ट पारेको छ ।

एमाले सबै मतदातासमक्ष लोकप्रियतावादको भ्रमबाट सचेत रहँदै विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखेर विवेकपूर्ण ढंगले मताधिकारको प्रयोग गर्न पनि भनेको छ ।

“विश्वभरका धेरै र दक्षिण एसियाका केही देशहरू लोकप्रियतावादको गम्भीर समस्या सामना गरिरहेको यथार्थता हाम्रा अगाडि स्पष्ट छ,” एमालेले विज्ञप्तिमा भनेको छ, “स्थायित्व, विकास र समृद्धिको दीर्घकालीन मार्ग चयन गर्नु नै राष्ट्र र जनताको हितमा हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।”

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!