नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल बिरामी

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आइतबार विहान सवा ११ बजे वेस्ट इन्डिजसँग तेस्रो खेल खेल्दैछौं।
त्यसका लागि नेपालले भारतको मुम्बईस्थित वानखेडे रंगशालामा विहान अभ्यास गरेको छ।

अभ्यास शत्रमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल अनुपस्थित थिए। उनी विरामी परेकाले अनुपस्थित भएको नेपालका प्रशिक्षक स्टुअर्ट लले पुष्टि गरेका छन्।

यस विषयमा उनले वानखेडेमा भने, ’कप्तान ठिकै छन्। उनलाई हिजो राति ज्वरो आएको थियो र औषधि खाएका छन्, त्यसैले भोलि ठिक हुन्छन् होला।’

यसअघि उनले इंग्ल्यान्ड र इटालीविरूद्धको खेल खेलेका थिए। उनले इंग्ल्यान्डविरूद्ध ३९ रन र इटालीविरूद्ध २३ रन बनाएका थिए।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!