दार्चुला। दार्चुलाको शैल्य मल्लिकार्जुन धाममा लागेको शिवपुराण ज्ञान महायज्ञका लागि एक लाख भन्दा माथि दान गर्ने दाताहरुको नामावली सार्वजनिक गरिएको छ । शिवपुराण ज्ञान महायज्ञ आयोजक समितिले शनिबार (आज) एक लाख भन्दा माथि दान गर्ने दाताहरुको नामावली सार्वजनिक गरेको हो ।
जसमा २९ जना दान दाताहरुले शिवपुराण ज्ञान महायज्ञका लागि एक लाख भन्दा माथि दान गरेको आयोजकले जनाएको छ । महायज्ञमा दान गर्नेहरूलाई विभिन्न खालको सम्मान समेत गर्ने गरिएको छ ।
जसमा रु १ एक हजार १ सय दान गर्नेको हकमा प्रमाणपत्र र फुलमालासहित सम्मान गरिदैँ आएको छ । त्यस्तै २हजार १सय दिनेको हकमा प्रमाणपत्र, फुलमाला र रुद्राक्ष मालासहित सम्मान, ५हजार १सय दिनेको हकमा प्रमाणपत्र, फुलमाला, रुद्राक्षमाला र खादासहित सम्मान गर्ने गरिएको मूल आयोजक समितिका सह संयोजक किसन सिंह सामन्तले जानकारी दिए ।
त्यस्तै ११ हजार दान गर्नेको हकमा प्रमाणपत्र, फुलमाला, रुद्राक्षमाला, खादासहित सम्मान गरिदैँ आएको उनले बताए । २१ हजारको दान गर्नेको हकमा मालिकार्जुनको फोटो फ्रेमसहित सम्मान, ५१ हजार दान गर्नेको हकमा शिलालेखमा नाम लेखिनेछ ।
त्यस्तै एक लाख र सोभन्दा माथीको दान गर्नेको हकमा सम्मानसहित तीन पुस्ते अभिखेल शिलालेखमा राखिने पनि आयोजकले जनाएको छ । महायज्ञबाट उठेको दानले अक्षय कोषको स्थापना गरिने भएको छ ।
त्यस्तै महायज्ञबाट उठेको पैसाले गौशाला समेत निर्माण गर्ने उद्देश्य लिइएको छ । महायज्ञमा चर्चित कथावाचक खगेन्द्र ढुङ्गानाले हरकेदिन अहिले भक्तजनहरुलाई रमाईलो गराइरहेका छन् ।
देशका सात धाममध्ये एकका रूपमा परिचित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको शैल्य मल्लिकार्जुन मन्दिरमा गत माघ २३ गते देखि फागुन ३ गतेसम्म अहिले शिवपुराण ज्ञान महायज्ञ सञ्चालनमा रहेको छ ।
यहाँ हेर्नुस् एक लाख भन्दा माथि दान गर्ने दाताहरुको नामावली

