भलिबल खेलाडी धामीलाई नगदसहित नगरपालिकाको सम्मान

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिकाले भलिवल खेलाडी नवराज धामीलाई नगसहित सम्मान गरेको छ । शैल्यशिखर वडा –२ स्थाई घर भएका धामीले सुदूरपश्चिम प्रदेश तथा राष्ट्रिय स्तरको भलिवल प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

विभिन्न राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामाहरुमा उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्र र जिल्लाको नाम अग्रस्थानमा राख्न योगदान पुर्‍याएकोेमा नगरपालिकाले नगदसहित सम्मान गरेको जनाएको छ ।

दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्ना, नगर प्रमुख विजय सिंह धामी र प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले सोमबार भलिवल खेलाडी धामीलाई नगद ५० हजार, सम्मानपत्रसहित खादामाला लगाएर सम्मान गरेका छन् ।

शैल्यशिखर नगरपालिकाको वडा २ घर भएका धामीले विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सुदूरपश्चिम प्रदेश भलिवल टिमको नेतृत्व समेत सम्हाल्नुभएको छ। खेलाडी धामीलाई हौसला प्रदान गर्नका लागि नगरपालिकाको तर्फबाट नगदसहित सम्मानित गरिएको नगरप्रमुख धामीले बताउनुभयो ।

नगरपालिकाले यस अघि पनि खेलाडी धामीलाई प्रदेशबाट उत्कृष्ट प्रर्दशन गरेकोमा सम्मान गरेको थियो । आफ्नो गृह नगरबाट यसरी सम्मानित हुन पाउदा खुसी लागेको खेलाडी धामीको भनाई छ ।

Leave A Reply

Your email address will not be published.