दार्चुलाको एक गोठमा आगलागी

दार्चुला । दार्चुलाको एक गोठमा आगलागी भएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा ३ खार स्थित टेक बहादुर धामीको गोठमा आगलागी भएको हो ।

मंगलबार आज दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ।

घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

Leave A Reply

Your email address will not be published.