दार्चुला । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य पदमा दार्चुलाको महाकाली नगरपालिका – ४ का श्याम सिंह सिनाललाई नियुक्त गरिएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद ऐन २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (च) बमोजिम मन्त्रीस्तरको निर्णयानुसार सिनाललाई खेलकुद परिषद्को सदस्यमा मनोनित गरिएको हो ।
ऐनको दफा ४ को उपदफा (१) बमोजिम सिनाललाई मनोनीत गरिएको प्रदेश सचिव डाक्टर हेमराज रेग्मीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
प्रचलित कानूनको अधिनमा रही तोकिएको जिम्मेवारी सम्पादन गर्न सिनाललाई पत्रमार्फत भनिएको छ । खेल जगतमा अब्बल समेत रहेका सिनाललाई मन्त्री परिषद्को निर्णयले मनोनीत गरेको स्वयम सिनालले बताए । खेल क्षेत्रबाट यसरी मनोनीत गरी यस क्षेत्रलाई खेलकुदमा समेट्न खोजेको प्रति प्रदेश सरकारलाई उनले धन्यवाद दिएका छन् ।
