नयाँ वर्षमा दुर दृष्टि डिजिटलको खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना

दार्चुला । दार्चुलामा नयाँ वर्षको अवसर पारेर दुर दृष्टि डिजिटल प्रालि शाखा कार्यालय दार्चुलाले खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । आइतबार आज प्रालिले एक सूचना जारीगदैँ प्रतियोगिता आयोजना गरेको जानकारी दिएको छ ।

पब्लिक प्रहरी ब्याडमिन्टन हलमा चैत १३ गतेदेखि प्रतियोगिता हुन लागेको छ। नयाँ वर्षको अवसरमा हुन लागेको ब्याडमिन्टन प्रतियोगिताको नाम दर्ता चैत १२ गते बेलुकी ५ बजेसम्म राखिएको छ । आयोजक दुर दृष्टिले टिमदर्ता शुल्क १ हजार रुपैयाँ राखेको छ ।

खेल नक आउट चरणान खेलाइने बताइएको छ । टिम दर्तागर्दा दुबैजना खेलाडीको पूरानाम दिन भनेको छ । प्रतियोगिताको प्रथम पुरस्कार ११ हजार १११ नगदका साथै मिक्चर २ थान र सिल्ड मेडल र प्रमाण पत्र प्र्रदान गरिने आयोजक दुर दृष्टि डिजिटल प्रालि शाखा कार्यालय दार्चुलाका सम्पर्क व्यक्ति प्रेमराज जोशीले जानकारी दिए ।

द्धितिय पुरस्कारमा ५ हजार ५५५ नगदका साथै २ थान हिटर र सिल्ड मेडल र प्रमाण पत्र प्र्रदान गरिने उनले बताए । तृतिय पुरस्कारमा २ हजार २२२ रुपैयाँका साथै इलेक्ट्रिक जग २ थान सिल्ड मेडल र प्रमाण पत्र प्र्रदान गरिने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.