बालेन प्रधानमन्त्री हुनैलाग्दा लिपुलेकमाथि फेरि भारत र चीनको आँखा, व्यापार सुरु गर्ने सहमति

काठमाडौं । नेपाली भूमि लिपुलेकहुँदै भारत र चीनले सीमा व्यापार पुन: सुरु गर्ने तयारी गरेका छन् । नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले झण्डै दुईतिहाइ बहुमतको सरकार बनाउनै लागिरहेका बेला दुई छिमेकी देशले नेपाली भूमि लिपुलेकहुँदै सीमा व्यापार पुन: सुरु गर्न लागेका हुन् ।

लिपुलेक नेपाली भूमि रहेको दाबी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नेपालले संविधान सशोधन गरेर देशको नक्सा सच्याएको थियो । यद्यपि भारतले नेपालको यस कमदबारे त्यतिबेलै विरोध जनाएको थियो । लिपुलेकमाथि अहिले पनि भारतकै नियन्त्रण छ ।

काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर तथा भावी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लिपुलेकसमेत समेटिएको चुच्चे नक्सा आफ्नो कार्यकक्षमा राखेर चर्चा कमाएका थिए । तर उनै बालेन अब प्रधानमन्त्री हुनैलाग्दा दुई छिमेकी देशले लिपुलेकमाथि फेरि नजर लगाएका हुन् ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार, ६ वर्षको अन्तरालपछि उक्त भूमिहुँदै भारत र चीनले पुन: सीमा व्यापार सुरु गर्ने तयारी गरेका हुन् । उत्तराखण्डका जिल्ला अधिकारी आशिष भटगाईलाई उद्धृत गर्दै प्रकाशन भएको समाचारमा जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापार सत्रका लागि केन्द्र सरकारको आदेशअनुसार तयारी सुरु भइसकेको समाचारमा उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.