दार्चुला । माध्यमिक शिक्षा परीक्षा (एसईइ)को चौथो दिन दार्चुलामा ५८ जना परीक्षार्थी अनुपस्थित भएका छन् । नियमित, ग्रेडवृद्धि र प्राविधिकधारतर्फ गरेर अनिवार्य विज्ञान बिषयको परीक्षामा ५८ जना परीक्षार्थी अनुपस्थित रहेका शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका सूचना अधिकारी लक्ष्मी जोशीले बताए ।
नियमिततर्फ ११ सय १७ छात्र र ११ सय ६४ छात्रा गरी २ हजार २८१ जना परीक्षार्थी रहेका छन् । ती मध्ये आज चौथोदिन अनिवार्य विज्ञान बिषयको परीक्षामा १६ जना छात्र र १० जना छात्रा गरी २६ जना अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले जनाएको छ ।
ग्रेडवृद्धितर्फ जिल्लाभरी १ सय ३ छात्र र १सय ७९ छात्रा गरी २ सय ८२ जना परीक्षार्थी रहेका छन् । विज्ञान बिषयको ग्रेडवृद्धि परीक्षा दिने परीक्षार्थीमध्ये १० जना छात्र र २० जना छात्रा गरी ३०जना अनुपस्थित रहेको कार्यालयले जनाएको छ ।
यस्तै प्राविधिकधारतर्फ ७३ छात्र र ९० छात्रा गरी १सय ६३ जना परीक्षार्थी रहेकोमा आजको परीक्षामा दुईजना छात्रा अनुपस्थित रहेको बताइएको छ । नियमित र ग्रेडवृद्धितर्फका परीक्षार्थीहरुका लागि जिल्लाभरी १७ ओटा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेका छन् । जिल्लाभरी यो बर्ष ३ हजार ५ सय ६८ जना परीक्षार्थी रहेका छन् । जिल्लाभरी एसईई शान्तपूर्ण र मार्यादित रुपमा सञ्चालन भइरहेको छ ।