काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २२ सयले बढेर तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन तोलाको २ लाख ९४ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले बढेर ४९६० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८७५ मा कारोबार भएको थियो ।