दार्चुला । जिल्ला अस्पताल दार्चुलाले जनशक्ति नथपेको अवस्थामा आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने बताएको छ । शुक्रबार एक सूचना जारी गदैँ अस्पताल स्रोतले जनशक्ति नथपिएको अवस्थामा आइतबार ओपिडी सेवा संचालन गर्न नसकिने जनाएको हो ।
सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेसँगै जिल्ला अस्पताल दार्चुलाले पनि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ । अस्पतालले प्रयाप्त जनशक्ति नभएको भन्दै हाल आइतबार आकस्मिक बाहेक ओपीडी सेवा सञ्चालन गर्न नसकिने सूचना मार्फत जानकारी गराएको छ ।
सोमबार देखि शुक्रबारसम्म विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म ओपीडी सेवा सञ्चालन हुने जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने सार्बजनिक बिदाको दिन आइतबार अस्पतालहरुमा ओपिडी संचालन गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को यो निर्णयले स्वास्थ्य सेवा प्रभावित हुन सक्ने देखाएको छ ।
