बाजुरामा विद्यार्थी नेता अयडीको हत्या आरोपमा एक युवतीसहित २ जना पक्राउ

दार्चुला- बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप ऐडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरिएको छ। बाजुरा प्रहरीकाअनुसार बिहीबार बिहान प्रहरीले त्रिवेणी नगरपालिका ७ बस्ने २७ वर्षीया रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन्। गत मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा मृत्यु भएको थियो। उनी एमाले निकट विद्यार्थी नेता हुन्।

दिनेश खबर साभार 

 

 

Leave A Reply

Your email address will not be published.