दार्चुला । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ।
उहाँले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । त्यस पछि राष्ट्रपति पौडेलले उहाँलाई प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो ।
आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।