महाकाली नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता

दार्चुला । महाकाली नदीमा नुहाउने क्रममा डडेल्धुराका एक युवक बेपत्ता भएका छन्। शनिबार दिउँसो भारतको भुवागाउँ भन्ने स्थानमा नुहाउने क्रममा परशुराम नगरपालिका ५ का १८ वर्षिय दिपक नाथ बगेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।

उनी एक साता अघि मात्रै भारतको भुवागाँउमा मजदुरी गर्न भनी गएका थिए। उनको खोजीकार्य भईरहेको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक रमेश अवस्थीले बताउनु्भयो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.